सबैभन्दा धेरै आयात हुने पाम र भटमासको तेलको समग्र व्यापार सुस्तायो
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार ११:४९:५६
८ माघ, काठमाडौं। नेपालको अन्तर्राष्ट्रिय व्यापार सङ्कुचनमा परेको छ । सबैभन्दा धेरै आयात निर्यात हुने शीर्ष पाँचमध्ये पर्ने पाम र भटमासको तेलको समग्र व्यापार अघिल्ला दुई आर्थिक वर्षमा सुस्ताउँदा निर्यात सुस्ताएको हो ।
कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो ।
यसै गरी छ महिनाको अवधिमा छिमेकी मुलुक भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रूपैयाँ बराबरको आयात भएकामा निर्यात भने ५० अर्ब ४४ करोड ५१ लाख रूपैयाँ बराबरको भएको छ । आयात उच्च भए पनि निर्यात न्यून हुँदा भारतमा चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख रूपैयाँ व्यापार घाटा रहेको छ ।
यस्तै सो अवधिमा अर्को छिमेकी मुलुक चीनबाट एक खर्ब ४७ अर्ब ३९ करोड ६४ लाख रूपैयाँ बराबरको आयात हुँदा एक अर्ब ६० करोड ६३ लाख रूपैयाँ बराबरको निर्यात भएको छ । आयात बढ्दै गए पनि निर्यात न्यून हुँदा चीनमा एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख रूपैयाँ व्यापार घाटा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार