‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १६:७:८
८ माघ, काठमाडौं । गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरुले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गरेको हो ।
नेपाल विज्ञापन एजेन्सी सङ्घको अध्यक्ष भइसकेका विज्ञापन व्यवसायी पौडेल गायन क्षेत्रमा पनि छन् । बीचमा गाउन छोडेका पौडेल आज सार्वजनिक भएको गीतमार्फत १५ वर्षपछि उनी पुनःगायनमै फर्केको छ ।
विशेष गरेर नेपालका विभिन्न क्षेत्र र वर्गका पर्वमा नाच्ने गरिएको शैलीमा तयार पारिएको यस गीतमा नेपालका चर्चित कलाकारले अभिनय गरेका छन् । आज सार्वजनिक भएको यस गीतमा कलाकारहरू सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धीरेन शाक्य, रवीन्द्र खड्का, गजित विष्ट, गम्भीर विष्ट, सुनील सिलवाल, खुस्बु खड्का, गोपाल ढकाल ‘छन्दे’, रोहित कार्कीलगायत नयाँ र पुराना चर्चित कलाकारले अभिनय गरेको छ ।
गायक पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत भरेको छ भने गीतको निर्देशन मनिष पौडेलले गरेको छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायाङ्कन तथा माधव थापाको छायाङ्कन तथा व्यवस्थापन कला रहेको छ ।
गीतको भिडियो सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा कलाकारहरू सरोज खनाल, किरण केसी, राजाराम पौडेल र गायक निर्मलराज पौडेलले नेपाली गीतसङ्गीत क्षेत्रका साथै आज सार्वजनिक भएको गीतका विषयमा चर्चा गरेको थियो । करिब ३५ वर्षअघि हलिउड र बलिउडका विभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरेर गीत गाई गायन यात्रा सुरु गरेका पौडेलका ‘फेसन यो हो फेसन’, ‘ह्याप्पी लाइफ’, ‘सलल बगेको गण्डकी’ लगायतका गीत चर्चित छन् ।
हालैमात्र पौडेलले नेपालमा विज्ञापन विषय र व्यवसायको इतिहास र वर्तमान अवस्था एवं विज्ञापन पेसामा आफ्नो अनुभवसमेत समेटेर ‘वेलकम आरोह अवरोह’ पुस्तक पनि प्रकाशन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार