बहालवाला मुख्यसचिव अर्यालसँग अख्तियारले लियो बयान
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार २०:३८:२२
१० माघ, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिको अनुसन्धानका क्रममा मुख्यसचिव बैकुण्ठ अर्यालको बयान लिएको छ ।
अख्तियारले तत्कालिन सञ्चार मन्त्रालयको सचिव रहेका हालका मुख्यसचिव अर्यालसँग केही दिनअघि बयान लिएको हो । बहालवाला मुख्यसचिवलाई भ्रष्टाचारको उजुरीका सिलसिलामा अख्तियारले बयान लिएको यो दुर्लभ घटना हो ।
कानूनी पूर्वाधारविना विवादास्पद प्रणाली खरिद अघि बढाएको, सर्वोच्च अदालतको आदेशको आफू अनुकुल व्याख्या गरेको, ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद कारोबार गरेको भनी अख्तियारले नेपाल दुरसञ्चार प्राधिकरणबाट भएको टेरामक्स प्रविधि खरिदबारे अनुसन्धान गरिरहेको छ ।
यहि कारण टेरामक्स प्रकरणमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसँग सोधपुछ गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा घोटाला भएको भन्दै अख्तियारमा परेको उजुरीका सम्बन्धमा उनको नाम पनि मुछिएपछि अख्तियारले बयानका लागि बोलाएको थियो ।
सोहीअनुसार अर्याल अख्तियार गएर आफ्नो कुरा राखेर फर्किएका छन् । अख्तियार स्रोतका अनुसार आफूमाथि लागेका अभियोग र सोधिएका प्रश्नहरुको उनले विस्तृतमा जवाफ दिएर फर्किएका छन् । नीतिगत निर्णयमा आफ्नो नाम कसैले मुछेपछि आफूबाट कुनै गल्ती कमजोरी नभएको बयानमा उनले जिकिर गरेका छन् ।
यसअघि पेमेन्ट गेटवे विवादमा पनि अर्यालले अख्तियारलाई बयान दिएका थिए । कानुनी पूर्वाधारविना टेरामक्स प्रणाली खरिद अघि बढाएको, सर्वोच्च अदालतको आदेशको आफू अनुकूल व्याख्या गरेको उजुरी अख्तियारमा छ ।
यस्तै ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद कारोबार गरेको लगायतको विषयमा पनि उजुरी परेको छ भने अख्तियारले अनुसन्धानलाई तीव्र पारेको जनाइएको छ । यो प्रकरणमा केही राजनीतिक दलका नेता समेत जोडिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
जेठ १७, २०८१ बिहिबार
बलिउड फिल्म धड्कको सिक्वेलको घोषणा, सिद्धान्तको अपोजिट तृप्ती
जेठ १७, २०८१ बिहिबार
‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’
जेठ १७, २०८१ बिहिबार
नगर प्रमुखको आक्रोस : बजेट नदिएको झोंकमा मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
जेठ १७, २०८१ बिहिबार
विश्वकप वार्म-अप खेल : आज अमेरिकासँग खेल्दै नेपाल
जेठ १७, २०८१ बिहिबार
सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते
जेठ १७, २०८१ बिहिबार