विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार ९:२३:२५
१२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ आज एक पैसाले घटेको छ ।
जसअनुसार शुक्रबार एक अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ६९ पैसा र बिक्री दर १३३ रूपैयाँ २९ पैसा कायम गरिएको छ । यसअघि बिहिबार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ७० पैसा र बिक्री दर १३३ रूपैयाँ ३० पैसामा कारोबार भएको थियो ।
यसै गरी आज ११ पैसाले बढेको छ । बिहिबार युरो एकको खरिदमा १४४ रूपैयाँ ४९ पैसा र बिक्रीमा १४५ रूपैयाँ १४ पैसा कायम गरिएको छ ।
बिहिबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा तोकिएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको शुक्रबार खरिद दर १६८ रूपैयाँ ८७ पैसा र बिक्री दर १६९ रूपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८७ रूपैयाँ ४३ पैसा र बिक्री दर ८७ रूपैयाँ ८२ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९९ पैसा कायम हुँदा बिक्री दर भने ९ रूपैयाँ ०३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।
यसै गरी, शुक्रबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर शुक्रबार २८ रूपैयाँ ०४ पैसा र बिक्री दर २८ रूपैयाँ १७ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३१ रूपैयाँ ३७ पैसा र बिक्री दर ४३३ रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रूपैयाँ ९९ पैसा र बिक्री दर ३५३ रूपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार