एनआईसी एशिया बैंकको वितरण गर्न मिल्ने मुनाफा नै घाटामा, एक नम्बर बन्न हिडेको बैंकको ओरालो यात्रा
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १६:३४:२१
१२ माघ, काठमाडौं । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा निराशाजनक प्रदर्शन गरेको छ । केही समय अघि एक नम्बरको बैंक बन्न हिडेको एनआईसी एशिया बैंकको अहिले भने वित्तीय अवस्था त्यति राम्रो देखिँदैन । बैंकको वितरण योग्य मुनाफा र संचित मुनाफा ऋणात्मक छन् । यही अवस्था अर्को ६ महिना रहे लगानीकर्ताले फेरी टाउकोमा हात राखेर बस्नु बाहेक अर्को विकल्प देखिँदैन ।
आर्थिक वर्ष ०७६-७७ देखि २ वर्ष देखि लगानीकर्ताको हात खाली बनाएको थियो । आर्थिक वर्ष ०७९-८० मा साढे ३० प्रतिशत लाभांश दिएको देखिएपनि चालू आर्थिक वर्षमा पुन हात खाली बनाउने देखिएको छ । चालू आर्थिक वर्षको दोश्रो त्रैमासमा बैंकको मुनाफा करीब ४२ प्रतिशतले घटेको छ भने २९ प्रतिशत बोनस शेयरमार्फत पुँजी वृद्धि गरेको बैंकको प्रतिशेयर आम्दानी भने करीब ५५ प्रतिशतले घटेको छ । खराब कर्जा निकै बढेको छ । एक वर्ष अघि शून्य दशमलव ६१ प्रतिशत रहेको खराब कर्जा अहिले १ दशमलव १९ प्रतिशत पुगेको छ ।
यस बैंकको संचालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाल रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा त्रिलोक चन्द अग्रवाल, रामचन्द्र संघई, केशवप्रसाद लम्साल, गणेशमान श्रेष्ठ, आदित्य कुमार अग्रवाल र विजया स्वाँर रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ रोशन कुमार न्यौपानेदेखि डेपुटी सीईओमा सुधीरनाथ पाण्डे, सन्तोषकुमार राठी र सहायक सीईओमा राजेश रावल, जयेन्द्र रावल , रञ्जन खड्का र सहायक महाप्रबन्धक अर्जुन राज खनियाँ रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष ०८०-८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले १ अर्ब ९० करोड बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब २७ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ४१ दशमलव ८४ प्रतिशतको गिरावट भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ६ अर्ब १६ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षकोे दोस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ५४ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा १० दशमलव १३ प्रतिशतको गिरावट भएको छ । त्यस्तै, संचालन मुनाफा २४ दशमलव १३ प्रतिशतले गिरावट हुँदै ३ अर्ब ५६ करोड पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब ६९ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २५ रूपैयाँ ५९ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी ५६ रूपैयाँ ७७ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ५४ दशमलव ९२ प्रतिशतले घटेको छ ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा ५९ करोड २२ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरणयोग्य मुनाफा ३ अर्ब ७५ करोड थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ११५ दशमलव ७८ प्रतिशतले घटेको छ ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९-८० को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन २२ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १२ दशमलव २४ प्रतिशतले बढेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १३ दशमलव ८४ प्रतिशतले बढ्दै १६ अर्ब २७ करोड पुगेको छ भने संचित मुनाफा ११६ दशमलव ७६ प्रतिशतले घटेर ५९ करोड २२ लाख रूपैयाँ ऋणात्मक छ ।
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) २०५ रूपैयाँ १० पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा १ दशमलव १९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा शून्य दशमलव ६१ प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठूलो शेयरधनीमा अशोक कुमार अग्रवाल रहेका छन् । बैंकमा उनको ६ दशमलव १८ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
कम्पनीले आर्थिक वर्ष २०७९-८० मा २९ प्रतिशत बोनस र १ दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार