स्वस्तिक इन्टरप्राइजेजको कारोवार शंकास्पदः राजश्वले बढायो निगरानी
नेपालबहस संवाददाता
माघ १३, २०८० शनिबार १७:४६:२८
१३ माघ, विराटनगर । विराटनगरको एक चर्चित हार्डवेयरका संचालकबाट हुँदै आएको राजश्व छली प्रकरणले चालू आवको पुस महिना सकिएसँगै पछिल्लो समयमा आएर निकै चर्चा पाउन थालेको छ । विश्वमै छाएको आर्थिक मन्दीको बहाना बनाएर आक्रान्त बनेको बजारलाई आफ्नो निहित स्वार्थपूर्तिका लागि ती व्यापारीले भरपूर प्रयोग गरेको रहस्य अरू व्यापारीले नै खोल्न थालेपछि हार्डवेयर व्यवसायीको राजश्व छली प्रकरण सार्वजनिक हुन पुगेको हो ।
विराटनगर महानगरपालिका ५ मा संचालन हुँदै आएको स्वस्तिक इन्टरप्राइजेजको नाममा फर्म दर्ता गरी कारोबार गर्दै आएका व्यवसायी अमित अग्रवालले पौष महिनामा बुझाएको कारोबार विवरणले राजश्व छली भएको आशंका गर्दै छानविनका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीले अग्राधिकार दिने भएको छ । स्थानीय व्यावसायी अग्रवालले पछिल्लो समय विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दीको कारण देखाउँदै अन्त्यन्तै न्यून राजश्व बुझाएपछि व्यापारिक प्रतिष्ठानका नाममा हुँदै आएको संस्थागत राजश्व छलीलाई अनुसन्धानको दायरामा ल्याउँदै राजश्व अनुसन्धान कार्यालय इटहरीले छानविन सुरु गरेको हो ।
बेलाबेलामा विवादमा समेत पर्ने गरेका स्वस्तिक इन्टरप्राइजेजका कारोबारी अग्रवालले कृत्रिम अभाव सृजना गरेर मूल्यबृद्धिमा सक्रिय बनेको आरोप समेत लाग्ने गरेको छ । पछिल्लो समय उनले लामो समयदेखि भएको आर्थिक मन्दीको कारण जनाएर मूल्यबृद्धि गर्ने र भन्सारबाट आवश्यकता अनुसारको सामान ल्याउन कठिनाइ भएको बहाना बनाउने समेत गरेका छन् ।
भन्सार लगायत स्थानीय भन्सार एजेन्टसँगको मिलोमतोमा मूल्याङकन कम गरि फर्जी बीलको सहारामा अग्रवालले विराटनगरमा सामान ल्याउने गरेको रहस्य पनि समाचार स्रोतले खोलेको छ । तर अग्रवालले आफूले वीरगञ्ज लगायतका नेपाल भित्रकै बजारबाट हार्डवेयर सम्बन्धी सामान मगाउने गरेको बताएर भन्सार समेतलाई गुमराहमा राख्ने गरेका छन् । उनले त्यसरी भित्र्याएको सामान समेतको पुनःमुल्याङकन गरी राजश्वको दायरामा ल्याउनुपर्ने दावी स्रोतले गरेको छ ।
तर कमाउन पल्केकालाई आवश्यक कार्वाही गरेर कानुनको दायरामा ल्याउन सम्बन्धित निकाय निष्क्रिय भएपछि संचालक अग्रवालको मनोबल बढेको छ । अग्रवालको कमाउ धन्दा सार्वजनिक भएसँगै अहिले व्यापारीमात्र नभएर भन्सारको सहारा लिएर कमाउन पल्केका भन्सार एजेन्टदेखि भन्सार एजेन्टका कर्मचारीलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने आवाज समेत उठ्न थालेको छ ।
बजार अनुगमन गर्ने दायित्व बोकेको बाणिज्य कार्यालय समेत बेखबर भएर बसेपछि व्यापारी र स्थानीय प्रशासन समेतको मिलोमतोमा अग्रवाल जस्ता हार्डवेयर व्यवसायीको कालोबजारीले प्रश्रय पाएको दावी स्रोतको छ । पान नं. ३०५१००१२६ मा स्वस्तिक इन्टरप्राइजेज दर्ता कायम गर्दा संचालकमा वेला देवी अग्रवालको नाम उल्लेख गरी आन्तरिक राजश्व कार्यालयमा दर्ता कायम रहेको उक्त फर्मको सम्पर्क व्यक्तिको नाममा अमित अग्रवालको नाम उल्लेख गरी निर्वाध रुपमा निजले आफ्नो व्यवसाय संचालन गर्दै आएका छन् । वार्षिक एक करोड पच्चीस लाख मात्रको कारोबार देखाएर अग्रवालले आयकर समेत नबुझाएपछि उनले संचालन गर्दै आएको कारोबार नै शंकाको घेरामा परेको कुरा राजश्व स्रोतले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार