स्याउ किसानका बगैँचामा कृषि प्रविधिक टोली पुग्यो
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १४:२५:३५
१४ माघ, जुम्ला । यहाँका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा लागिपरेका छन् ।
कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको तिला गाउँपालिका–१ का स्याउ किसानका बगैँचामा पुगेर बगैँचा काँटछाँट तथा स्याउ व्यवस्थापनबारे जानकारी किसानलाई दिने गरेको कृषि विकास कार्यालयका कृषि प्रविधिक सुस्मा बुढाले जानकारी दिए ।
किसानलाई बगैँचा काँटछाँट तथा उपयुुक्त स्याउ व्यवस्थापन गर्न राम्रोसँग जानकारी छैन । कार्यालयले यहाँका सबै स्थानीय तहमा कृषि प्रविधिक खटाएको छ । स्याउ किसानलाई राम्रोसँग बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न सिकाउनेदेखि थप प्रविधिक ज्ञान दिने गरेको कार्यालयका कृषि प्रविधिक बुढाको भनाइ छ ।
यहाँका स्याउ किसान त्यतिबेला स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनमा व्यस्त हुने गरेको तिला–१ का स्याउ किसान परी रावलले बताए । “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन, समयमै स्याउ काँटछाँट गर्न लागिपरेको छु, अहिले कृषि विकास कार्यालयबाटै प्रविधिकले बगैँचामा पुगेर स्याउ काँटछाँट गर्न सिकाउनुभएको छ”, स्याउ किसान रावतले भने ।
जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग गरेका छैनन् । अहिले कृषि प्रविधिकबाट बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न किसानलाई थप प्रविधिक ज्ञानबारे जानकारी दिएकाले सहज भएको स्याउ रावतको भनाइ छ ।
स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार रोप्दा र समयमै बगैँचा व्यस्थापन गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयले कार्य क्षेत्रभित्रका अधिकांश किसानका बगैँचामै स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालिएको छ ।
कार्यालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार स्याउ बगैँचा व्यवस्थापन अन्तर्गत किसानलाई चुना र निलोथुतो पनि वितरण गरिएको कृषि विकास कार्यालयका कृषि प्रविधिक बताउँछन् । जिल्लामा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा स्याउखेती भएकामध्ये करिब एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार