अख्तियारले छानविन थालेपछि समाजकल्याण परिषदकी उपाध्यक्ष मोनिकाले दिइन राजीनामा
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १४:१६:२०
१५ माघ, काठमाडौं । समाजकल्याण परिषदकी उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन् । उनले केही समय अगाडि नै पदबाट राजीनामा दिए पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज मात्र स्वीकृत गरेका छन् । मोनिकाले यसअघि मौखिक रुपमा राजीनामा दिएको बताउँदै आएकी थिइन । आइतबार लिखित रुपमा मन्त्री समक्ष राजीनामा बुझाएपछि स्वीकृत भएको हो ।
उनले अमेरिकी स्थायी बसोवास अनुमतिपत्र (पीआर) लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेपछि उनले राजीनामा बुझाएकी हुन् । सासू उमा रेग्मी मन्त्री हुँदा सत्ता र शक्तिको दुरुपयोग गरेर परिषदमा नियुक्ति पाएकी भट्टराईले अमेरिकी पीआर लिएको भेटिएपछि अख्तियारमा उजुरी परेको थियो ।
परिषद अध्यक्षसमेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उपाध्यक्ष मोनिकाले दिएको राजीनामा स्वीकृत गरेको मन्त्रालयले जानकारी दिएको छ । मोनिका उपाध्यक्ष नियुक्त हुनुभन्दा अघि देखि नै पीआर लिएको उजुरी परेको थियो ।
पीआर भएको व्यक्तिलाई नियमअनुसार नियुक्ति दिन नमिल्ने कानुनी व्यवस्था छ । तर,नेपाली कांग्रेसकी नेता उमा रेग्मी मन्त्री हुँदा आफ्नै बुहारी मोनिकालाई नियम विपरीत उपाध्यक्षमा नियुक्त गरेकी थिइन् । ०७८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा कांग्रेस नेता उमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिइन् ।
रेग्मीले चार वर्षे कार्यकालका लागि बुहारी मोनिकालाई उपाध्यक्षमा सिफारिस गरेपछि ०७८ मंसिर २ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । मोनिका उमाकी छोरा विजय अधिकारीकी पत्नी हुन् । नियम विपरीत बुहारीलाई नै उपाध्यक्ष नियुक्त गरेको भन्दै त्यसबेला मन्त्री रेग्मीको आलोचना भएको थियो ।
स्वार्थ बाझिने र पीआर भएकालाई सरकारी नियुक्ति दिन नमिल्ने कानुनी व्यवस्था छ । सार्वजनिक पदमा नियुक्ति गर्दा निजामती सेवा ऐन २०४९ लाई पनि आधार मानिने गरिएको छ । यस ऐनको दफा ४९ को (ख) मा स्थायी आवास अनुमति लिन नहुने विषय समावेश छ । कर्मचारीले स्थायी आवास अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिनु हुँदैन भन्ने व्यवस्था छ ।
पीआर लिएको लगायतका उजुरी मन्त्रालयदेखि अख्तियारसम्म परेपछि उपाध्यक्ष भट्टराईले पदबाटै राजीनामाको बाटो लिएकी हुन् । भट्टराईले भने आफ्नो विवाह अमेरिकी नागरिकसँग भएका आधारमा पीआर पाएको बताएकी छन् । उनले पीआर रद्दको प्रक्रिया अघि बढाएको उनको दावी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा दश महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता
जेठ १६, २०८१ बुधबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
जीप दुर्घटनामा २ जनाको मृत्यु, दुई घाइते
जेठ १७, २०८१ बिहिबार
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १७, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १७, २०८१ बिहिबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार