व्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १७:३:३८
१५ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले ऐन, कानुनको पालना नगर्ने व्यापारी, व्यवसायीहरुलाई १० हजार रुपैयाँ भन्दा बढी जरिवाना गर्न नहुने बताएका छन् । उनले अहिले सरकारले जरिवना बढी लिने गरेको बताए ।
सोमबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको विषयमा भएको छलफलमा उनले व्यापारीलाई सजायको हद १० हजार रुपैयाँ भन्दा बढी राख्नु अनुचित रहेको बताएका हुन् ।
ऐन, कानुन परिपालनाको हकमा जरिवाना, सजायको हद १० हजार भन्दा बढी राख्नु अनुचित रहेकाले १० हजारसम्म कायम गर्नुपर्ने र दूषित खाद्य पद्धार्थ, न्यून स्तरका खाद्य पदार्थको उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा हानी, नोक्शानी पुग्न गएमा क्षतिपूर्ति भराइने हुँदा कैद र अत्यधिक बढी जरिवानाको सजाय गर्नु अनुचित देखिएकाले कैद र अत्याधिक जरिवानाको व्यवस्था हटाइनुपर्ने उनले विधेयकमा सुझाव दिए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्याकिङ खाद्य पदार्थमा उपभोगको निमित्त अधिकतम राम्रो मिति (बेस्ट विफोर डेट) लेभलमा खुलाउनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए । विधेयकमा दूषित र मिसावटलाई एउटै हो भन्ने किसिमले व्यवस्था गरिएको भन्दै कुनै वस्तुमा मिसावट हुनेबित्तिकै त्यो वस्तु दूषित भनी कारबाही गर्ने ऐनको प्रावधानलाई परिवर्तन गरी दूषित र मिसावटसम्बन्धी छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दवावका लागि अमेरिकन राजदूतावासतिर लागे युवा
जेठ १६, २०८१ बुधबार
यार्सागुम्बा संकलनको पहिलो गन्तव्य नाम्के खर्कबाट सुरु, सुरक्षा व्यवस्थापन कडा
जेठ १६, २०८१ बुधबार