श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १४:१६:१
१६ माघ, इलाम । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
तामाखोला दोभानमा बस्दै आएका उनीहरुबीच शुक्रबार साँझ झैझगडा भएको थियो । झगडाका क्रममा बालध्वजको कुटपिटबाट गम्भीर घाइते भएकी हस्तकुमारीको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो ।
त्यसपछि श्रीमतीको शव लिएर माङसेबुङ आएका बालध्वजलाई प्रहरी चौकी इभाङको टोलीले घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सादा पोसाकका प्रहरी हो भन्दै लुटपाट गर्ने व्यक्ति पक्राउ
जेठ १७, २०८१ बिहिबार
चितवन र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार