वाणिज्य बैंकहरुमध्ये सर्वाधिक खराब कर्जा कुमारी बैंकको, वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोडले ऋणात्मक
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १८:३६:३८
१८ माघ, काठमाडौं । केही समय अघि फरक र भीआईपी वाणिज्य बैंकको रुपमा नाम चलेको कुमारी बैंकको पछिल्लो समय वित्तीय अवस्था निकै खराब देखिन थालेको छ । नेपालमा संचालित २० वाणिज्य बैंकहरुमध्ये कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै छ । बैंकको खराब कर्जा करिब ५ प्रतिशत हाराहारी छ ।
बैंकले शेयरधनीलाई लाभांश पनि दिन सकेको छैन । आर्थिक वर्ष ०७९/८० मा कम्पनीले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले यही माघ २८ गते वार्षिक साधारणसभा गर्ने भएको छ । पुष मसान्त भित्रै साधारण सभा गर्नुपर्ने नियमाकीय नियमको पालना गर्न बैंक असफल भएको छ । यसले बैंकमा वित्तीय सुशासनको चरम अभाव हो की भन्न सकिने आधार देखिन्छ ।
आर्थिक वर्ष ०७९/८० मा लाभांश प्रदान नगरेको बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड ऋणात्मक छ । जसले शेयरधनीलाई झनै निराश बनाएको छ । बैंककोे संचालन मुनाफादेखि खुद मुनाफा पनि घटेको छ ।
बैंकको संचालक समितिको अध्यक्षमा अमिर प्रताप ज.ब. राणा रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा उपेन्द्रकेशरी न्यौपाने, कृष्णप्रसाद ज्ञवाली, चन्द्रप्रसाद बास्तोला, महेशप्रसाद पोखरेल, इमान सिंह लामा र स्वतन्त्र सञ्चालकमा विजय स्थापित रहेका छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा यूवा सीईओ रामचन्द्र खनाल रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले ८६ करोड ७२ लाख बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले १ अर्ब १ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा १४ दशमलव ३१ प्रतिशतको गिरावट भएको छ ।
खुद व्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब २४ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ७२ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ३५ दशमलव शून्य १ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ५ दशमलव शून्य ८ प्रतिशतले गिरावट हुँदै १ अर्ब ४९ करोड पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ५७ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रूपैयाँ ६१ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी ७ रूपैयाँ ७२ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १४ दशमलव ३८ प्रतिशतले घटेको छ ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा ३ अर्ब ७७ करोड ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १७८० दशमलव ५५ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा १४ रूपैयाँ ३८ पैसा ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा शून्य रुपैयाँ ८६ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ खर्ब १८ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन शून्य दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि १ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १८ दशमलव ९२ प्रतिशतले बढेर १३ अर्ब ४२ करोड पुगेको छ भने संचित मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक छ ।
किताबी मूल्य ः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १३६ रूपैयाँ ८२ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा ४ दशमलव ९७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा ३ दशमलव १५ प्रतिशत थियो ।
आधार व्याजदर, स्प्रेडदरः
बैंकको आधार व्याजदर केही घट्दै १० दशमलव २८ प्रतिशत पुगेको छ । स्प्रेडदर ३ दशमलव ९८ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ४२ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
जेठ १७, २०८१ बिहिबार