इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार ११:३६:३७
१९ माघ, काठमाडौं । खुद ब्याज आम्दानीमा गिरावट आएपछि इन्फिनिटी लघुवित्तको खुद नाफा ६३ प्रतिशतले घटेको छ । लघुवित्तले सार्वजनीक गरेको
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको खुद नाफा १ करोड १४ लाख ८९ हजार रूपैयाँ रहेको छ । जुन गत वर्षको यसै अवधिमा रहेको ४ करोड १० लाख रूपैयाँको तुलनामा ६३.५५ प्रतिशत थोरै हो ।
यसअवधिमा खुद ब्याज आम्दानी २८.६५ प्रतिशतले घटेर १० करोड ८९ लाख ५८ हजार रूपैयाँमा सीमित भएको छ । कम्पनीको ब्याज आम्दानी नै घटेपछि नाफा प्रभावित बनेको छ ।
ब्याज आम्दानीसँगै खुद फि तथा कमिसन आम्दानी पनि ३१.०७ प्रतिशतले घटेर ४ करोड १० लाख रूपैयाँमा आएपछि खुद नाफामा गिरावट आएको हो । यसको रिजर्भ कोषमा भने ३८.२९ प्रतिशत वृद्धि भएको छ ।
खराब कर्जा ४.९५ प्रतिशतमा स्थिर रहेको छ । यता, खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि १३.८१ रूपैयाँले घटेर ६.०२ रूपैयाँमा सीमित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार