सर्लाहीमा ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार १२:५५:१८
१९ माघ, सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ ।महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए ।
उनका अनुसार कार्यालय बाहिर पुर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको हो ।
ट्राफिक कार्यालय अगाडि पुर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए । उनका अनुसार महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा निजलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको छ ।
छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रनि थापाले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुण्डी र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
पाल्पाबाट चोरीका सामानसहित एक जना पक्राउ
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार