विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ११ जना पक्राउ
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार १५:३५:२२
१९ माघ, काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानमा खटिएको प्रहरीले उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–२६ स्थित होटल सनराइज् इनबाट अवैध लागुऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु एक थान, नगद रु ८५ हजार र मोबाइल एक थानसहित भोजपुर आमचोक गाउँपालिका–९ दुम्माना ठेगाना भएका २३ वर्षीय भीमराज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने ४४ वर्षीय निरबहादुर गुरुङलाई अवैध लागुऔषध खैरो हेरोइन छ ग्राम चार सय ५० मिलिग्राम र नगद रु १८ हजारसहित मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका–१५ चमतीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब दुई ग्राम ६९० मिलिग्राम, नियन्त्रित लागुऔषध नाइट्राभेट ८६१ ट्याब्लेट र नगद रु आठ हजारसहित सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २९ वर्षीय सरोज खड्कासमेत दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सादा पोसाकका प्रहरी हो भन्दै लुटपाट गर्ने व्यक्ति पक्राउ
जेठ १७, २०८१ बिहिबार
चितवन र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार