राजस्व नउठाएको आरोपमा करका हाकिम मैनाली पुगे सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
नेपालबहस संवाददाता
माघ २०, २०८० शनिबार १५:२३:१७
२० माघ, काठमाडौं । सार्वजनिक खर्चको चापमा रहेका अर्थमन्त्री प्रकाशशरण महतले राजश्वको मुख्य स्रोत आन्तरिक राजस्व विभागले बजेटको लक्ष्य अनुसार राजश्व उठाउन नसकेको भन्दै करका हाकिम परिवर्तन गरेका छन् । शुक्रबार उनले आन्तरिक राजस्व विभागका महानिर्देशक परिवर्तन गरेका छन् ।
पूर्व अर्थमन्त्री जनार्दन शर्मामा विभागको महानिर्देशक बनाएका दीर्घ मैनालीलाई मन्त्री महतले हटाएका छन् । विभागको जिम्मेवारी अर्थ मन्त्रालयको संस्थान समन्वय तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका भुपाल बराललाई दिइएको छ । मैनालीलाई सार्वजनिक ऋृण व्यवस्थापन कार्यालय पुगेका छन् ।
आन्तरिक राजस्व विभागको महानिर्देशक हुनु अघि मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा नै थिए । मैनालीलाई अर्थ मन्त्रालय अन्तर्गत शक्तिशाली मानिने आन्तरिक राजस्व विभागको जिम्मेवारी तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९ मंसिरमा दिएका थिए । लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकको भन्दै मन्त्री महत मैनालीसँग असन्तुष्ट रहेका थिए ।
मन्त्री महतले बराल प्रमुख रहेको संस्थान समन्वय महाशाखाको जिम्मेवारी नारायण रिजाललाई दिइका छन् । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख रहेका टोक राज पाण्डेलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखामा लगिएको छ ।
प्रशासन महाशाखा प्रमुख रहेका महेश आचार्यलाई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी दिईएको छ । पाण्डेको ठाउँमा भन्सार विभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई लगिएको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दवावका लागि अमेरिकन राजदूतावासतिर लागे युवा
जेठ १६, २०८१ बुधबार