दाङमा एक प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार ११:५०:३२
२१ माघ, बुटवल । एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।
विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए । आइतबार बिहान हत्या गरेको पाइएको छ ।
साढे दुई महिना पहिले बाँकेबाट दाङमा सरुवा भएर आएका रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान ७ बजे २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेर आफै प्रहरी कार्यालय पुगेका छन् ।
प्रहरीसामु पिमलालले श्रीमतीले अनावश्यक दवाव दिएका कारण हत्या गरेको दाबी गरेका छन् । आइतबार बिहान ७ बजे हत्या गरेको भन्दै ८ बजे उनी प्रहरी कार्यालय पुगेको दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले नेपाल प्रेसलाई बताए ।
शनिबार राति कार्यालयबाट बिदा मागेर नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा श्रीमती र छोरासहित बसेको खुलेको छ । श्रीमतीले जागिर भएको ठाउँमा बसेर घरमा बेवास्ता गरेको भन्दै पटक पटक भनेको र सहन नसकेर हत्या गरेको दाबी उनले प्रहरी समक्ष गरेका छन् ।
आइतबार बिहान यो विषयमा विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । प्रहरी सेवामा १० वर्ष पूरा गरेका रुन्टीगढी गाउँपालिका वडा नं ९ रोल्पा घर भएका नेपालीले रुकुम चौरजहारी विवाह गरेका थिए । उनी लामो समय बाँकेको नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी मंसिर १६ गते मात्रै सरुवा भएर दाङ आएका थिए ।
प्रहरी प्रवक्ता मल्लले अभियुक्तले घटनाबारे जानकारी दिएपछि तत्काल प्रहरी घटनास्थल पुगेको र घटनाको अनुसन्धान गरिरहेका जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबबई क्याम्पसमा डा. अहिराजद्धारा पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा दाङ जिल्लामा निमार्ण गरिएको विद्यालय भवनको उद्घाटन
जेठ १२, २०८१ शनिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार