महिला सशक्तीकरणको विषयमा बन्यो म्युजिकल फिल्म ‘चल्ने हावालाई’
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १२:०:५८
२१ माघ, काठमाडौं । महिला सशक्तीकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल फिल्म ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । शनिबार साँझ ललितपुर स्थित युनाइटेड एकेडेमीमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्यतामा उक्त बाह्य मिनेट लम्बाइ रहेको म्युजिक फिल्म सार्वजनिक गरिएको हो ।
उक्त म्युजिकल फिल्म हेरिसकेपछि उपसभामुख रानाले प्रसंशा गर्दै उदेश्य बोकेर सङ्घर्ष गरेमा सफलता हात पर्ने बताइन् । ‘म आफैँ पनि बाल्यकालमा निकै सङ्घर्ष गरेर स्कुल पुगेकी थिएँ । तर, मैले आफ्नो मेहनतले बर्षौदेखि स्कुल गइरहेका भन्दा बढी नम्बर ल्याएर स्कुल टप गरे । त्यसैले हामीले आफ्नो उद्देश्य र त्यसलाई प्राप्त गर्ने सङ्घर्ष छोड्नु हुँदैन’, उपसभामुख रानाले भनिन्, ‘यहाँ छोरीले गर्न सक्दैनन् की भन्ने सोच्ने नभएका होइनन् तर हामीले उनीहरूलाई काम गरेर देखाउनु पर्छ । यस्ता म्युजिकल फिल्ममार्फत छोरीलाई गरिने विभेदलाई कम गर्न सचेतनाको संदेश प्रवाह हुन्छ ।’
उनले आफ्नो बाल्यकालको सङ्घर्ष, काठमाडौँ आए पछिको अवस्था र अहिले सम्मको यात्रा कुनै फिल्मभन्दा कम नभएको भन्दै निर्देशक श्रेष्ठलाई प्रेरणादायी लघु चलचित्र निर्माणका लागि सोच बनाउन आग्रह गरिन् । निर्देशक श्रेष्ठले ‘चल्ने हावालाई’ मार्फत छोरीहरूलाई छोराझैँ समान रुपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन् ।
‘हामी छोरालाई दिने अवसर किन छोरीलाई दिन सक्दैनौँ रु के उनीहरूमा योग्यता छैन र रु कि हाम्रो सोच नै अयोग्य छ रु यस्ता विषयमा सोच्नु पर्ने समय आएको छ’, निर्देशक श्रेष्ठले भनिन्,‘यो गीत सुनेपछि यसको शब्द अनुसार एउटा कथा फुरेपछि म्युजिकल फिल्मको रुपमा तयार गरेका हौँ । छोरीलाई अवसर दिनका लागि हामीले मन र सोच सुन्दर र फराकिलो बनाउनै पर्छ ।’
उक्त कार्यक्रममा म्युजिकल फिल्ममा देखिएकी बाल कलाकार तथा निर्देशक श्रेष्ठकी छोरी सम्बृद्धि श्रेष्ठ आफ्नो प्रतिभा उजागर गर्दै उक्त गीत लाइभ गाएकी थिइन् । उक्त गीतमा सञ्चिता लुइँटेल, बेनिसा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।
निर्देशक श्रेष्ठको कामदेखि आफू हरेक पटक प्रभावित भएको भन्दै अभिनेता विष्टले प्रशंसा गरे । ‘मैले सङ्गीताजीसँग कथा प्रेमका नामक शृङ्खलामै काम गरेको थिएँ । त्यस समयदेखि नै उहाँले निर्माण गर्ने फिल्म, शृङ्खला वा म्युजिक भिडियो भए पनि त्यसमा मनोरञ्जनसँगै सन्देश हुन्छ । यो हेर्नका लागि मात्र नभइ हाम्रो सोचाइ परिवर्तन गर्ने भिडियो बनेको छ । म यसमा जोडिन पाउँदा गौरवान्वित महसुस गरिरहेको छु’, अभिनेता विष्टले भने ।
म्युजिकल फिल्म हेरिसकेपछि नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसङ्गीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिए ।
‘मैले आफू महानिरीक्षक हुँदा महिलालाई लक्षित गर्दै विभिन्न कार्यक्रम ल्याएको थिएँ । उनीहरूलाई अवसर नदिएसम्म क्षमता मापन गर्न सक्छिन् । यो भिडियोले दिएको संदेशलाई म एउटा छोरीको बाबु भएकाले महसुस गर्न सक्छु’, पूर्व महानिरीक्षक खनालले भने, ‘राष्ट्रको सेवा गर्ने सोच छ भने नेता, मन्त्री वा समाजसेवी बन्छु भन्नेसँगै प्रहरी बन्छु भन्ने पनि सोच बनाउनुस् । यहाँ धेरै अवसर छन्, जसमार्फत समाजलाई सहि बाटोमा हिडाउनेसँगै न्याय दिलाउने भूमिका निर्वाह गर्न सकिन्छ ।’
उक्त कार्यक्रममा राष्ट्रिय सेवा दलका तालिम योजना तथा अनुगमन निरीक्षक महेशकुमार थापाले महिलाहरूलाई सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्नेमा जोड दिएका थिए ।
सरु पराजुलीको स्वर तथा शिव चम्लागाईको शब्द र सङ्गीत रहेको गीतमा अभिनेत्री हमालले पाइलट बन्ने सपना पुरा गर्न गरेको सङ्घर्षलाई देखाइएको छ । उनको पात्र मार्फत समाजले महिलालाई हेर्ने दृष्टिकोण, छोरीलाई अवसरबाट बन्चित गराउने कारण, लैङ्गिक विभेद जस्ता पक्षलाई देखाइएको छ । भिडियो निर्माणमा नेपाली सेनाले विशेष सहयोग गरेको निर्देशक श्रेष्ठले बताइन् ।
गायिका पराजुलीले लोक गीत, आधुनिक गीत, पप गीत, राष्ट्रिय गीत, नेवारी गीत, तीज गीत र भजनसहित हाल सम्म करिब दुई सय गीतमा स्वर दिइसकेकी छिन् । उनको सुरभि, मनन र नमन जस्ता एल्बमहरू बजारमा उपलब्ध छन् । म्युजिकल फिल्म ‘चल्ने हावालाई’ गायिका पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दवावका लागि अमेरिकन राजदूतावासतिर लागे युवा
जेठ १६, २०८१ बुधबार