गोक्सी महंगो भोज, एकपटकको डिनरमा ३ करोड ७२ लाख खर्च !
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १५:४६:५८
२१ माघ, काठमाडौं । संसारमा कहिलेकाँही अचम्मका घटनाहरू हुने गर्छन्, फरक खालका यस्ता घटनाले मानिसको ध्यान तान्ने गर्छ । सुन्दा र यो समाचार पढ्दा तपाईँलाई पनि अचम्मै लाग्न सक्छ । कति महङ्गो भोज !
चर्चित टर्किश सेफ सल्ट बेइ उर्फ नुसरत गोक्सीको एउटा पोस्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । रेष्टुराँमा एकपटक डिनर गरेको बिल ३ करोड ७२ लाख आएपछि गोक्सीले एउटा लामो बिलको फोटो इन्स्टाग्राममा पोस्ट गरेका छन् । उनको यो पोस्टले यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत निकै प्राथमिकता पाइरहेको छ ।
घटना दुबईको हो । गोक्सीले काम गर्ने रेष्टुराँमा केही दिनअघि एउटा समूह डिनर गर्न आएको थियो । डिनरपछिको बिल ६ लाख १५ हजार ६५ दिराम अर्थात नेपाली ३ करोड ७२ लाख आयो । बिलमा अर्डर गरिएको खानेकुराका परिकार र पेय पदार्थको मूल्य छुट्टाछुट्टै लेखिएको छ ।
रोचक प्रंसग त के छ भने,त्यो समूहले रेष्टुराँका कर्मचारीलाई टिप्सवापत् मात्रै नेपाली ३२ लाख ६६ हजार रूपैयाँ दिएको छ । त्यो समूहले बिलको फोटो र भिडियो शेयर गर्दै लेखेको पनि छ, 'पैसा आउँछ,पैसा जान्छ ।'
यो घटनालाई लिएर केही प्रयोगकर्ताले परिकारको महंगो मूल्यप्रति असन्तुष्टि र आक्रोश पोखेका छन् । कतिपयले डिनर गर्ने समूहलाई कटाक्ष गर्दै पैसाको बर्बादी भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
सडक किनारामा निर्माण गरेको सिंहको प्रतिमा
बैशाख २७, २०८१ बिहिबार
विश्वभरका झण्डा बागलुङमा
बैशाख २७, २०८१ बिहिबार
सर्वोच्च अदालतमा बिहीबारका सबै सुनुवाइ स्थगित
बैशाख २७, २०८१ बिहिबार
छ्यारछ्यारेमा निर्माण भएको मोटरेबल पुल
बैशाख २७, २०८१ बिहिबार
मनास्लु पदमार्गमा जथाभावी ढलेको मार्किङ पोल
बैशाख २७, २०८१ बिहिबार
पोखराको बेगनास ताल
बैशाख २७, २०८१ बिहिबार