पनौतीबाट ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ
नेपालबहस संवाददाता
माघ २२, २०८० सोमबार १३:५१:४७
२२ माघ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीबाट आज प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका–५ आइटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।
चौकीबाट खटिएको प्रहरी टोलीले सवारी जाँच गर्दा पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बर को डिआई गाडीमा उक्त अप्रशोधित (हालै काटेको जस्तो देखिने हरियो) गाँजा ल्याइएको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको दक्षिणी (डाँडापारी) क्षेत्रबाट उक्त परिमाणको गाँजा ल्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रकाउ पर्नेमा गाडी चालक नुवाकोट विदुर नगरपालिका–११ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप–८ घर भई हाल काठमाडौं बालाजु बस्ने २० वर्षीय सञ्जीव तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन् । उनीलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार