रंगेली छोटी भन्सारको चिरिचिट्ट भवन कर्मचारी बिहिन
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १५:३१:३३
२३ माघ, रंगेली । मोरङको रंगेली छोटी भन्सार कार्यालय २०६८ सालदेखि कर्मचारी बिहिन छ । भन्सारमा कर्मचारी नभएपछि दैनिक संकलन हुने २० औँ हजार राजश्व गुमिरहेको छ ।
कर्मचारीका लागि भवन अभाव भएको र पुरानो भवन पनि जिर्ण बनेपछि ४ वर्षअघि आवाससहितको नयाँ भवन निर्माण गरिएको छ । भन्सार कार्यालयको ४ कट्ठा जग्गामा व्यवस्थित संरचनाहरू छन् तर कर्मचारी छैनन् ।
सीमावर्ती क्षेत्रमा रहेको सबैभन्दा जेठो भन्सार कार्यालय हो रंगेली तर कर्मचारी अभावमा राजश्व गुमिरहेको स्थानीय जयनाथ चौधरीले बताए । रंगेली र यसका आसपासका सयौँ मानिसले यहि बाटोबाट समान ओसार पसार गर्छन् । दैनिक २० हजार सम्म राजश्व संकलन हुने भन्सार १२ वर्षदेखि कर्मचारी बिहिन छ चौधरीले भने ।
कर्मचारी पठाउदा पनि राजश्व अनुमान अनुसार नउठे पछि कर्मचारी फिर्ता गरिएको बिराटनगर भन्सार कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले बताए ।
स्थानीयले कर्मचारी काम गरेको खण्डमा तत्काल कर्मचारी पठाउन तयार रहेको ढकालले बताए । स्थानीय तहले पनि हालसम्म सो कार्यालयमा कर्मचारी माग गर्नका लागि कुनै पहल नगर्दा राजश्व गुमिरहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार