धनकुटामा ‘स्वच्छ भान्सा’ कार्यक्रम सञ्चालन
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १३:४५:५
२५ माघ, धनकुटा । धनकुटाको दुई स्थानीय तहमा धुवाँरहित स्वच्छ भान्सा निर्माणका लागि विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ ।
सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा आएको हो । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग 'यूएसआईडी' र ऊर्जा नेपालको सहयोगमा अजम्बरी विकास फाउन्डेशन ललितपुरले गत भदौदेखि उक्त कार्यक्रम सञ्चालन ल्याएको हो ।
यस कार्यक्रमबाट सरकारले लिएको स्वच्छ भान्सासम्बन्धी लक्ष्य पूरा गर्न महत्वपूर्ण सहयोग पुग्ने यूएसआईडीका स्थलगत वरिष्ठ अनुगमनकर्ता दुर्गादेवी खड्काले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत फाउन्डेसनले धनकुटामा ३२ र छथर जोरपाटीमा २० गरी ५२ वटा विद्युतीय इन्डक्सन चुला र भाँडा निःशुल्क वितरण गरेको छ ।
एक वर्ष समय अवधिसम्म सञ्चालनमा रहने उक्त कार्यक्रमअन्तर्गत चुलो वितरणपछि नगरका १० र पालिकाका छ वडामा सचेतना कार्यक्रम सम्पन्न भएका छन् ।
‘स्वच्छ भान्छा सामाजिक सञ्जाल प्रतियोगिता’, विद्युतीय चुलो बनाउने तालिम, महिला नेत्री तथा पत्रकारसँग अभिमुखीकरणलगायत थप कार्यक्रम सञ्चालन गरिने खड्काले जानकारी दिए ।
कार्यक्रमले आयातित ग्यासको सट्टा स्वदेशको विद्युत् प्रयोग गर्ने वैकल्पिक ऊर्जाका रुपमा प्रोत्साहन गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । विद्युतीय चुलोको प्रयोगबाट ग्रामीण क्षेत्रका भान्सामा दाउराको कमी आएमा भान्सा र वातावरण दुवै स्वच्छ हुने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार