वास्तु अनुसार घरको सिढी बनाए लाभदायक
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १५:१:३०
२५ माघ, काठमाडौं । वास्तु विज्ञानले घरको समग्र प्रारुप कस्तो हुनुपर्छ भनेर निर्देश गर्छ । कस्तो माटोमा घर बनाउने, मोहोडा कुन दिशामा फर्काउने, शयन कक्ष लगायत कुन–कुन दिशामा बनाउने, झ्याल–ढोका कति राख्ने इत्यादि ।
वास्तु विज्ञान अनुसार घर बनाउँदा घरमा शुभ हुने विश्वास गरिन्छ । वास्तवमा वास्तु आफैंमा यस्तो विज्ञान हो, जसले भरपर्दो, सहज, सुविधाजनक घर निर्माणका लागि रेखाचित्र प्रदान गर्छ ।
घरको छतमा वा माथिल्लो तलामा जानको लागि बनाइने सिढी वास्तु शास्त्रका अनुसार बनाए लाभदायक हुने भएको छ । वास्तु शास्त्रका अनुसार दक्षिण, दक्षिण-पश्चिम या पश्चिम दिशामा सिढी बनाउन उपयुक्त हुन्छ ।
अज्ञानवस वा कुनै कारणले पूर्व र उत्तरपूर्व कोण 'ईशान' मा सिढी राखियो भने वास्तु दोष हुन जान्छ । यसले गर्दा घरका सदस्यहरूमा शारीरिक वा मानसिक रोग, धनको अपव्यय र आकस्मिक दुर्घटना हुनसक्ने सम्भावना धेरै हुने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।
पूर्व वा ईशान कोणमा यदि सिढी छ भने त्यसलाई हटाउन संभव हुँदैन यस्तो अवस्थामा त्यस्को वास्तु दोष हटाउनको लागी घरको छतमा दक्षिण पश्चिम दिशामा एउटा कोठा बनायो भने वास्तु दोष नास हुनसक्छ । यदि कोठानै बनाउन सकिदैन भने छतको दक्षिण पश्चिम दिशामा टिनशेड लगाएर त्यहाँ काम नलाग्ने भारी सामान राख्न सक्नुहुन्छ ।
पूर्व दिशामा बनाएको सिढी पूर्व या उत्तर दिशाको दिवालमा टाँसिएको छ भने पनि वास्तु दोष हुन जान्छ, त्यसैले सकेसम्म पूर्व या उत्तर दिशाको दिवालमा नटासिनेगरी सिढी निर्माण गर्नु लाभदायक हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार