सिद्धार्थ बैंकले जोगाउन सकेन ताज, वितरण योग्य मुनाफा ऋणात्मक, निक्षेप घट्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १८:१८:११
२५ माघ, काठमाडौं । मारवाडी बैंकका रुपमा परिचित सिद्धार्थ बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा रहेको छ । बैंकले आफ्ना शेयरधनीलाई यसपटक ५ प्रतिशत नगद लाभांश पनि दिन सकेन । लगानीकर्तालाई यो लाभांशले हाँस्नु कि रुनु बनाएको छ ।
बैंकको वितरण योग्य मुनाफा ऋणात्मक रहेको छ भने बैंकको निक्षेप संकलन पनि दयनीय रुपमा घटेको छ । असार मसान्त र अहिले पुष मसान्तलाई दाँजेर हेर्दा बैंकको निक्षेप १ दशमलव १५ प्रतिशतले घटेको छ ।
बैंकको संचालक समितिको अध्यक्षमा मनोज कुमार केडिया रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा नरेन्द्र कुमार अग्रवाल, राहुल अग्रवाल, दिनेश शंकर पालिखे, अङ्कित केडिया, मीना कुमारी सैंजु रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ सुन्दर प्रसाद कडेलदेखि डेपुटी सीईओमा रामेश्वर प्रसाद बस्याल र सहायक सीईओमा शेर बहादुर बुढाथोकी रहेका छन् । यसैगरी बैंक व्यवस्थापनका विभागीय कर्मचारीहरुमा अर्जुनभद्र खनाल, सिर्जनकृष्ण मल्ल, सुरेशराज महर्जन, प्रसन्न खडका, शैलजा ज्ञवाली, मनोहर केसी र प्रदीप पन्त रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले १ अर्ब १३ करोड बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब १६ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा २ दशमलव १० प्रतिशतको गिरावट आएको छ ।
खुद व्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब १ करोड बराबर खुद व्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब १० करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा २ दशमलव १४ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफामा शून्य दशमलव १० प्रतिशतको गिरावट हुँदै १ अर्ब ६५ करोड ५५ लाख पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ६५ करोड ७२ लाख संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रूपैयाँ १८ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १६ रूपैयाँ ५३ पैसा थियो । समिक्षा अवधिमा प्रतिशेयर आम्दानी २ दशमलव १२ प्रतिशतले घटेको छ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको वितरण योग्य मुनाफा ३० करोड ४५ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा ९ करोड ६५ लाख थियो । समीक्षा अवधिमा वितरण योग्य मुनाफा ४१५ दशमलव ३६ प्रतिशतले घटेको छ ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ खर्ब २१ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९-८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलनमा १ दशमलव १५ प्रतिशतले गिरावट आएको छ भने कर्जा प्रवाह ३ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १३ दशमलव ४१ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड पुगेको छ भने संचित मुनाफा १४५ दशमलव ८९ प्रतिशतले घटेर ३० करोड ४५ लाख रूपैयाँ ऋणात्मक छ ।
किताबी मूल्य:
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १८२ रूपैयाँ ७८ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा २ दशमलव ५६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा २ दशमलव ८७ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही घट्दै ९ दशमलव २८ प्रतिशत पुगेको छ । स्प्रेडदर ३ दशमलव ९९ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव २२ प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठूलो शेयरधनीमा प्रुडेन्सियल इन्भेस्टमेन्ट कं. प्रा. लि. रहेको छ । प्रुडेन्सियल इन्भेस्टमेन्ट कम्पनीको ३ दशमलव २३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
कम्पनीले आर्थिक वर्ष २०७९-८० मा ४ दशमलव २१ प्रतिशत नगद लाभांश दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
ललितपुरको कृषि विकास सहकारीका अध्यक्ष तेजविक्र थापासहित ४ जना पक्राउ
असार २, २०८१ आइतबार
युक्रेन युद्ध रोक्न पुटिनले राखेको प्रस्ताव इटाली र जर्मनीद्वारा अस्वीकार
असार २, २०८१ आइतबार
कति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार