अध्यागमनले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिने
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १०:१९:१७
१ फागुन, काठमाडौं । अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा दिने अवधि बढाएको छ । विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने भएको छ ।
विभागका निर्देशक रेवती रमण शर्माले जारी गरेको सूचना अनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई–भिसाको लागि आवेदन र स्वीकृती, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुने छ । ई–भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले आग्रह गरेको छ ।
यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गरेको थियो । स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि समय अवधि थप गरिएको विभागले जनाएको छ ।
ई–भिसामा गइसकेपछि देश–विदेशबाट अप्लाई भइरहेको र युरोप, अमेरिकामा रहेकाहरु उठ्ने बेला नोपलमा सुत्ने बेला हुने भएकाले टाइमिङ नमिल्दा छिटो भिसा नपाउने जस्ता समस्या देखिएपति समय थप गरिएको हो । हप्ताको सातै दिन काम गर्ने गरी व्यवस्था मिलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार