रुकुम पूर्व र पश्चिमका ७ पालिकाले आज दिए बिदा
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १०:५९:४०
१ फागुन, रुकुम पश्चिम । सरकारले विदा नभएको जानकारी दिए पनि नेकपा माओवादीले जितेका स्थानीय तहमा सार्वजनिक विदा दिने काम भएको छ । आज फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिन सम्झँदै रुकुम पूर्व र पश्चिमका ७ वटा स्थानीय तहले सार्वजनिक दिएका छन् । फागुण १ लाई जनयुद्ध दिवस’ का रुपमा मनाउन भन्दै माओवादी केन्द्रको नेतृत्वमा रहेका पालिकाहरूमा बिदा दिइएको हो ।
रुकुम पूर्वका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका तथा पश्चिमका चौरजहारी र आठविसकोट नगरपालिका एवं सानीभेरी र त्रिवेणी गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरेर बिदा दिएका हुन् । यी स्थानीय तहहरूले बिदा मात्रै नभएर आज विभिन्न कार्यक्रम समेत गरेर ’जनयुद्ध दिवस’ मनाउने जनाएका छन् ।
रुकुम पश्चिमको चौरजहरी नगरपालिकाले आज वडाहरूमा सहिदको सम्झना, चियापान, शुभकामना आदानप्रदान तथा शीतल माध्यामिक विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्ने कार्यक्रम रहेको नगर प्रमुख पुष्प वादीले जानकारी दिए । नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काद्वारा जारी गरिएको प्रेस नोटमा आज ‘चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यलय र सो अन्तर्गतका वडा कार्यालय र विद्यालयहरूमा समेत सार्वजनिक विदा दिने’ भनिएको छ ।
त्यस्तै रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाले पनि जनयुद्ध दिवसका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन तथा सांस्कृतिक कार्यक्रमको छैटौं संस्कारण आयोजना गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो
जेठ १५, २०८१ मंगलबार
मुगुको डोल्फु गाउँँमा हतियारधारी समूहद्वारा २३ घरमा लुटपाट
जेठ १४, २०८१ सोमबार
कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित
जेठ १३, २०८१ आइतबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
जेठ १७, २०८१ बिहिबार