कलैयाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार ११:३३:३
♦ इन्दीप कोइराला
१ फागुन, बारा । बारा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित निजगढका दुई जनालाई सोमबार कलैयाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटा चोकबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल बस्ने २९ वर्षीय हेमबहादुर थापा र सोही ठाउँका आशिष तामाङ रहेका छन्।
वीरगञ्जबाट निजगढतर्फ आउँदै गरेको अवस्थामा उनीहरू सवार ना ५६ प ८७७१ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागि प्रहरीले रोकेर जाँच गरेको थियो।
सोही क्रममा लुकाइ छिपाइ लैजाँदै गरेको अवस्थामा लागूऔषध ट्याब्लेट र इन्जेक्सनसहित उनीहरू पक्राउ परेका बाराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विरेन्द्रराज गुरुङले बताए।
उनीहरूको साथबाट डाइजेपाम ५६ एम्पुल, फेनारगन ५३ एम्पुल, नुरफिन ५३ एम्पुल र ट्रामानिल ५६ पत्ता (६५० पिस) बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरी बताएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार