कुमारी बैंकले ल्यायो आकर्षक ‘कुमारी गज्जब बचत’ खाता, बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १४:५:४८
१ फागुन, काठमाडौं । कुमारी बैंकको आकर्षक ‘कुमारी गज्जब बचत’ खाता : बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधासहितको परिमार्जित सुविधासहित कुमारी बैंकले “कुमारी गज्जब बचत खाता” योजना सार्वजनिक गरेको छ ।
न्युनतम मौज्दात रु. १,००० रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१% प्रदान गर्नुका साथै रु. २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने छ ।
बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खाता वालाले रु. २० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । बैंकले आफ्ना बचत खाताहरूमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहकमैत्री तथा समय सान्दर्भिक बनाउदै जाने विश्वास लिएको छ ।
दिगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानव जीवनको महत्वपूर्ण दुई साधनका रुपमा विकसित हुँदै आएका छन् । कुमारी बैंकले यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्ध गरी आफ्ना ग्राहकहरू माझ प्रस्तुत गरेको छ । न्यूनतम् मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराएको “कुमारी गज्जब बचत खाता” नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार