नक्कली बैंक ग्यारेन्टीका आरोपीलाई चार वर्ष कैद, ४२ लाख जरिवाना
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १६:३८:२२
३ फागुन, काठमाडौं । विशेष अदालतले सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोप लागेका सन्तोष विक्रम साहलाई सजाय तोकेको छ । अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार साहलाई बिगो बराबर ४२ लाख रुपैयाँ जरिवाना र चार वर्ष कैद हुने ठहर गरेको हो ।
माघ २५ गते विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा अन्तिम निर्णय गरेको थियो भने आज सजाय तोकिएको हो । ठेकेदार शिवनन्दन पासवान र साहलाई विशेषले दोषी ठहर गरेको थियो । साह सर्लाहीको मलंगवास्थित नेपाल बैंक लिमिटेडको ऋण फाँटमा सहायक पदमा कार्यरत थिए । ठेकेदार मध्येका अनिल गुप्ताले भने यस मुद्दामा सफाइ पाएका छन् ।
ठेकेदार पासवानलाई सोही दिन दुई वर्ष कैद र बिगो बराबरको ४२ लाख जफत हुने फैसला भएकोमा साहको सजाय आज बिहीबार तोकिएको हो । भवन बनाउने ठेक्का पाएका लोकवीर बेताली–पाँचकुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानले ४२ लाख रुपैयाँको नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी (अग्रिम भुक्तानी जमानत) तयार गरेको भेटिएको थियो ।
उनीहरूले उक्त नक्कली ग्यारेन्टीका आधारमा भुक्तानीसमेत लिइसकेका थिए । जसपछि नगरपालिका भवन निर्माण कार्य रोकिएको थियो । यसरी नक्कली बैंक ग्यारेन्टी बैंकको ऋण फाँटमा सहायक पदमा कार्यरत साहले गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको थियो । अख्तियारले अनुसन्धानपछि २२ भदौ ०७८ मा तीनै जनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी
जेठ १७, २०८१ बिहिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
पेशी दोहोरिने प्रकरणः अदालतको सिस्टमबाटै हुन्छ कि नियतबस गरिन्छ ?
जेठ १७, २०८१ बिहिबार
भानुभक्त जन्मस्थल विकास समितिको स्वामित्व ग्रहणको समस्याले अन्योल
जेठ १७, २०८१ बिहिबार
संयुक्त राष्ट्रसंघका अधिकारीहरूद्वारा अफगानिस्तानमा महिलाको अवस्थाबारे चिन्ता व्यक्त
जेठ १७, २०८१ बिहिबार