गृहले भन्यो, प्रहरी समायोजनको काम प्रारम्भ भइसकेको छ
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार २१:१:१६
४ फागुन, काठमाडौं । गृह मन्त्रालयले संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गरेर पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समितिले काम थालनी गरिसकेको जानकारी दिए
प्रहरी समायोजनसम्बन्धी काम सम्पन्न गर्न प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सहसंयोजक तथा प्रहरी नायब महानिरीक्षक, मन्त्रालयका उपसचिव र प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य रहेको पाँच सदस्यीय समिति क्रियाशील रहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता भट्टराईले संविधान र प्रहरी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूखुसी गैर हाजिर भएका १९ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह
जेठ ११, २०८१ शुक्रबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली
जेठ १५, २०८१ मंगलबार
कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण
जेठ १५, २०८१ मंगलबार
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
जेठ १५, २०८१ मंगलबार
प्रिमियर लिगमा फर्किए यी तीन क्लब
जेठ १५, २०८१ मंगलबार
भावी रणनीति बनाउन देउवाले बोलाए विपक्षी दलहरुको बैठक
जेठ १५, २०८१ मंगलबार