भूकम्पपीडित नयाँ घरमा बस्न पाउँदा दंग !
नेपालबहस संवाददाता
फागुन ९, २०८० बुधबार ९:३२:५
९ फागुन, लमजुङ । आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मर्स्याङ्दी गाउँपालिका ९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ । अति दुःख गरेर बनाएको एउटा घर भूकम्पमा भत्काइदिएपछि सम्हालिन नसक्नेगरी मन कुँडियो । ‘जहाँ गहिरो, त्यही पहिरो’ भनेझै उनीमाथि एकपछि अर्को समस्या थपिँदै गयो । उनले भने, “दुःखीको भरोसा भगवान् हुन्छन् भनेर सहदै गएँ, मैले हिम्मत हारिनँ ।
प्यारालाइसिसले हातखट्टा राम्रोसँग नचल्ने र अलिअलिमात्र बोल्ने उनी र उनकी श्रीमती भूकम्पले भत्किएको घरमै जोखिम मोलेर बस्दै आएको थियो तर अहिले परिस्थिति परिवर्तन भएको छ । दुई छाक खान वृद्धभत्ताको सहारा लिँदै आएका उहाँका लागि यतिबेला नयाँ घर पुनः निर्माण भएर चाबी पाएसँगै मुहारमा खुसी छाएको छ मर्स्याङ्दी गाउँपालिका ९, ८, ३ वडाका आर्थिक अवस्था कमजोर भएका बाबुरामजस्तै धेरै भूकम्प प्रभावितको मुहार उज्यालो भएको छ । उनका छिमेकीले पनि टहरोमा कष्टकर र डरैडरमा रात कटाउँदै आएकामा अहिले नयाँ घर पाएपछि खुसी लागेको बताएका छन् । भूकम्प पीडित तिलकबहादुर भण्डारी, गोमे कामी, टीकामाया भण्डारीलगायत विपन्न वर्गले घरसँगै जीविकोपार्जनका लागि सहयोग मिल्दा आफूहरूलाई धेरै सहज भएको बताएका छन्।
लमजुङमा क्रियाशील ग्रामीण सामुदायिक विकास केन्द्र ९आरसिडिसी० र क्याथोलिक रिलिफ सर्भिस ९सीआरएस०को साझेदारीमा लमजुङ पुनर्लाभ परियोजनाअन्तर्गत निजी आवास पुनःनिर्माण गरी गत आइतबार मर्स्याङ्दीका १७ भूकम्प पीडितको घर पुनः निर्माण गरेर उनीहरूलाई हस्तान्तरण गरिएको छ । चालु आर्थिक वर्षमा निर्माण सकेको १७ घरका लागि आरसिडिसी सीआरएसले रु ९२ लाख ५३ हजार ४६ लगानी गरेको आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहराले बताए। उनका अनुसार उक्त रकमबाट मर्स्याङ्दी गाउँपालिका ९ मा १३, ८ मा तीन घर र वडा नं ३ मा एक घर पुनः निर्माण गरिएको छ ।
उक्त परियोजना हेर्ने इन्जिनियर रवि थापाका अनुसार जस्तापाताको छाना भएको दुईकोठे घर र शौचालय निर्माण गरिएको छ । साथै खानेपानी धारा घरघरमै लगिएको छ । निजी आवास पुनः निर्माणका लागि आरसिडिसी र सीआरएसले प्रतिघर रु पाँच लाख ४५ हजार तीन सय ४९ का दरले लगानी भएको छ । साथै उक्त सङ्ख्यामध्ये १५ लाभग्राहीलाई जीविकोपार्जनका लागि रु १५ हजारका दरले सहयोग गरेको छ ।
त्यस्तै सो गाउँपालिका ९ ढाँडमा कृषि उब्जाउका लागि ढाँड सिँचाइ परियोजना अन्तर्गत आरसिडिसी र सीआरएसले रु १३ लाख ४९ हजार तीन सय २३ बराबरको छ सय मिटर लामो सिँचाइ योजनासमेत निर्माण गरेको आरसिडिसीका अध्यक्ष बोहोराले बताए। उनका अनुसार यसबाट १६ घरधुरीका बासिन्दा लाभान्वित हुनेछन् । विसं २०७८ जेठ ५ गते बिहान मर्स्याङ्दी गाउँपालिका ८ भुलभुले केन्द्रविन्दु भएर पाँच दशमलव आठ रिक्टर स्केलको भूकम्प भएको थियो । भैँचालोबाट लमजुङका दुई हजार दुई सय घरमा क्षति भएको थियो ।
मर्स्याङ्दी गाउँपालिकाले विपन्नका ३० घर पुनःनिर्माणका लागि सिफारिस गरेकामा आरसीडिसी सीआरएसले गत वर्ष नौ घर र यो वर्ष १७ घर गरी २६ घर पुनःनिर्माण सम्पन्न गरेको छ । बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका गरी ५० घर पुनःनिर्माणको जिम्मेवारी यी संस्थाले लिएका छन् ।
सीआरएसका जिल्ला संयोजक कृष्णदेव जोशीले २०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपालमा सिआरएस सक्रिय भएको र यो संस्थाको सहयोगमा हालसम्म ३२ हजार निजी आवास पुनःनिर्माण गरिएको बताए । उनका अनुसार लमजुङका तीन सय ५० परिवारलाई प्रत्यक्ष लाभ हुनेगरी सहयोगका कार्यक्रम सञ्चालन गरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा
असोज ११, २०८१ शुक्रबार
देशका यी नदीहरूको जल सतह बढ्ने, सतर्क रहन आग्रह
असोज ११, २०८१ शुक्रबार
सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार