वीरगञ्जमा लगाईएको कर्फ्यू आज राति १० बजेसम्मका लागि हटाईयो
आबिद हुसेन
फागुन ९, २०८० बुधबार ११:३७:३५
९ फागुन, वीरगन्ज । वीरगन्जमा सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ। बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्ज महानगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेको हो।
वीरगन्जमा सोमबारदेखि दुई फरक धर्म समुदायबीचको द्वन्द्वका कारण उत्पन्न तनावको स्थिति साम्य हुदै गएकोले सर्वसाधारण नागरिकको सुविधा र सहजतालाई मध्यनजर गरी अर्को आदेश नभएसम्मका लागि सोमबार साँझदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजे देखि राति १० बजेसम्मका लागि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।
यसअघि मंगलबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यू खुल्ला गरिने र बिहान ११ बजेपछि पुन कर्फ्युलाई यथावत् राख्ने निर्णय गरेको थियो ।
तर बुधबार बिहान १० बजे फेरि बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने अवस्था सामान्य बन्दै गएको देखेपछि बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाउने निर्णय गरेको भुसालले बताए ।
यसअघि मंगलबार राति जिल्ला प्रशासन कार्यालयमा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबिच तनावग्रस्त बनेको वीरगन्जको अवस्था साम्य पार्न सहमति भएको थियो।उक्त सहमतिमा मंगलबार दिउँसो सर्वदलीय-सर्वपक्षीय बैठकले गरेका पाँच बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो ।
वीरगन्जमा सोमबार हिन्दु धर्मको झण्डा च्यात्ने, फरक धर्मका समुदायलाई गालीगलौज र धम्की दिनेहरूलाई पक्राउ गरि प्रहरीले कारबाही गर्ने सहमतिपनि मंगलबारराति स्थानीय प्रशासनसंग भएको हिन्दु समाजका अगुवा रन्जित साहले जानकारी गराएका थिए।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपचुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
भारतबाट ल्याइएको ३४ सय किलो धान रौतहटमा बरामद
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार