कार्य सम्पादन मुल्यांकनमा भीरकोट पहिलो
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १६:५:८
प्रकाश डोटेल
१० फागुन, स्याङ्जा । आर्थिक वर्ष २०७९/०८० मा स्थानीय सरकारले गरेको कार्य सम्पादन मूल्यांकनमा जिल्लाका ११ पालिका मध्ये भीरकोट नगरपालिका जिल्लामा पहिलो भएको छ । कार्य सम्पादनलाई आधार बनाएर राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा भीरकोट पहिलो भएको हो ।
आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा भीरकोटले ४६ दशमलव २५ अंक प्राप्त गर्दैै जिल्लामै पहिलो भएको छ । ५ नगर र ६ गाउँपालिका रहेको स्याङ्जामा कालिगण्डकी गाउँपालिका ४३ दशमलव ०२ अंक प्राप्त गर्दै दोस्रो बन्न सफल भएको छ ।
मूल्यांकनमा ४२ दशमलव ३२ अंक प्राप्त गर्दै फेदिखोला गाउँपालिका तेस्रो भएको छ भने वालिङ नगरपालिकाले ४१ दशमलव ४९ अंक प्राप्त गरि चौथो भएको छ । ४१ दशमलव ३७ अंक प्राप्त गरेको गल्याङ् नगरपालिका जिल्लामा पाँचौ स्थानमा रहन सफल भएको आयोगले प्रकाशित गरेको प्रतिवेदनले देखाएको छ ।
आयोगले जारी गरेको प्रतिवेदनमा कार्य सम्पादनमा ३९ दशमलव ३३ अंक प्राप्त गरेको अर्जुनचौपारी गाउँपालिका छैटौं स्थानमा छ भने बिरुवा गाउँपालिकाले ३७ दशमलव ४० अंक प्राप्त गर्दै जिल्लाका पालिका मध्ये सातौं स्थानमा छ ।
जिल्ला सदरमुकामको नगरपालिका पुतलीबजार नगरपालिकाले ३५ दशमलव ४७ अंक प्राप्त गर्दै आठौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । नबौ स्थानमा परेको आँधीखोला गाउँपालिकाले भने ३३ दशमलव ९५ प्रतिशत कार्य सम्पादन गर्न सफल भएको देखिन्छ ।
दशौं र एघारौं स्थानमा पर्दै कार्य सम्पादन गर्ने पालिकामा चापाकोट नगरपालिकाले २८ दशमलव ३२ र हरिनास गाउँपालिकाले २२ दशमलव ७३ अंक प्राप्त गर्न सफल भएका छन् ।
आयोगले १० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असारभित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएको लगायतका आधारमा मूल्यांकन गरेको देखिन्छ ।
स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए÷नपठाएको, स्थानीय तहले बजेटको वार्षिक समिक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको जस्ता आधारमा अंक दिइएको आयोगले जनाएको छ ।
आन्तरिक राजस्व संकलनको अनुमानित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग लगायतका पक्षलाई हेरेर आयोगले मूल्यांकन गरेको बुझिन्छ ।
स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र स्थानीयस्तरका विकासे योजनाको आवधिक योजना तर्जुमा गरे/नगरेको पनि आयोगले मूल्यांकन गरेको छ । विद्यालय भर्ना बालबालिकाको संख्या, टिकाउ दर, सामुदायिक विद्यालयबाट एसईईमा प्राप्त ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्या जस्ता १४ वटा सुचकमा आयोगले मुल्यांकन गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित भएर रहने भो २०८१ सालको जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?
जेठ ७, २०८१ सोमबार
राफाहबाट आठ लाख मानिसहरू विस्थापित
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त
जेठ ७, २०८१ सोमबार
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
जेठ ७, २०८१ सोमबार