ऊनको स्वीटरको 'फूल' गीत युट्युबको ट्रेन्डिङ वानमा
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १३:३६:४७
११ फागुन, काठमाडौं । फिल्म 'ऊनको स्वीटरको टाइटल गीत फूल अहिले युट्युबको ट्रेन्डिङ वानमा पुगेको छ। रिलिजको एक सातामा गीतलाई १२ लाख भन्दा बढी पटक हेरिएको छ। यो गीत हैन, यो भावना हो, यो शान्ति सब हो। जून हो मेरो नजरको, धन्यवाद, आर्टमान्डुको युट्युब च्यानलको कमेन्ट सेक्सनमा एक प्रयोगकर्ता महेश खतिवडा लेख्छन्। गीतमा आएका हरेक प्रतिक्रियाले आफ्नो टिमलाई उत्साहित बनाएको गायक सुजन चापागाईं बताउँछन्।
फिल्म घोषणा गर्दा सानो अंश सार्वजनिक गरेका थियौं। त्यतिबेला दर्शक स्रोताको एकदमै माया पायौं, उनले भने, सबैले पूरा भर्सन पर्खिरहनु भएको थियो। फूल भर्सन कसरी राम्रो बनाउने भन्ने चुनौती थियो। तर यो पनि धेरैले मन पराइदिनु भयो। हामी उत्साहित छौँ।
गीतमा हर्क साउदका शब्द, सुजनको स्वर तथा संगीत सुन्न सकिन्छ।
गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ। मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ। अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ। लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो। भारतीय मेकअप आर्टिस्ट अयाज् शेख फिल्मका मेकअप आर्टिस्ट हुन्।
‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो। फिल्ममा विपीन र मिरुना प्रमुख भूमिकामा छन्। त्यसैगरी माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन्। फिल्म वैशाखबाट फ्लोरमा जानेछ। फिल्मलाई पाँचथरमा खिचिनेछ। फिल्म यो वर्षको शरद ऋतुमा प्रदर्शनमा आउनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार