विकास माग्न जाजरकोटी नेताहरुको बालुवाटारमा प्रधानमन्त्रीसँग हारगुहार
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १७:१५:४३
• हेमन्त केसी
११ फागुन, सुर्खेत । जाजरकोटमा भएका विकास निर्माणको काम लथालिङ्ग अवस्थालाई गति दिनका लागि जाजरकोटका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई हारगुहार गरेका छन् । पूर्वमन्त्री गणेशप्रसाद सिंह लगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्रीलाई जिल्लाको अवस्था लथालिङ्ग भएको भन्दै तत्काल ध्यान दिन माग गरेका छन् ।
भुकम्पबाट पीडित बनेका जाजरकोटबासीलाई तत्काल उचित व्यवस्थापनदेखि अन्य दर्जन माग लिएर जाजरकोटीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । जिल्लामा भेरी करिडोरमा क्याराभानले लथालिङ्ग बनाएका मोटरेबल पुल , पुष्पलाल मध्यपहाडी लोक मार्गको १२ वर्ष देखि अलपत्र परेको मन्ताभिर लगायत अन्य सडक खण्ड , लुम्बिनी –रारा सडक खण्डको जाजरकोट भित्र पर्ने सडकको बिजोग अवस्थादेखि जाजरकोट जुम्ला सुरुङ मार्गको काममा भएको ढिला सुस्तीका विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको छ ।
नलगाड जलविद्युत आयोजनालाई यसै आर्थिक वर्षमा जसरी पनि निर्माण चरणमा लिनुपर्ने, भूकम्पपीडितका घर निर्माण गर्न कम्तीमा १० लाख भन्दा माथि उपलब्ध गराउनु पर्ने पत्रमा उल्लेख छ । ठेक्का लिने तर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरि छिटो भन्दा छिटो काम गर्नुपर्ने उक्त जाजरकोटकी टिमको माग रहेको छ । भेरी करिडोर भित्रको ५६ किलोमिटरमा पिचको लागि काम भएपनि बाँकी ६२ किलोमिटरमा बोलपत्र गर्नका लागि बजेट नहुँदा भएको समस्यालाई समेत भारी मात्रामा उठाएको छ ।
पश्चिम जाजरकोटको छेडा– चाँदे हुँदै जुम्ला जोडने सडकको स्तरोन्नतिको काम रोखिएकाले तत्काल बजेटको व्यवस्था गर्न माग गरिएको छ । खलंगा बोहरा हुँदै– बहुप्राविद्यिक शिक्षालय काफल चौरसम्मको ठेक्का लागे पनि बजेट अभावले काम हुन नसकेको भन्दै तत्काल बजेटको व्यवस्थापन गर्न माग पत्रमा उल्लेख गरिएको छ । नलगाड नगरपालिकाले आफ्नो पालिका भित्र दर्जन पुलहरू अलपत्र भएकाले निर्माण व्यवसायीलाई तत्काल काममा फर्कन वा कारबाही गर्न माग गरिएको पत्र समेत प्रधानमन्त्रीलाई बुझाएको छ । जिल्लामा प्रदेश तथा संघ सरकारले निर्माण गरेका ८० प्रतिशत योजनाहरू लथालिङ्ग भएकाले तत्काल निर्माण व्यवसायीलाई कारबाही गर्न समेत माग गरिएको छ ।
नलगाड जलविद्युत आयोजनाको पुल समेत ९ वर्ष देखि अलपत्र हुँदै आएको छ । भेरी नदीमा आधा दर्जन पुलहरू ६ वर्ष देखि अलपत्र हुँदै आएका छन् । विकास निर्माणको काम लथालिङ्ग बनाउने जोसुकै भएपनि कारबाही गरेर जिल्लाको विकास निर्माणमा गति दिन समेत आग्रह गरिएको पूर्वमन्त्री सिंहले बताए । ठेक्का लिएर वषौँसम्म काम नगरी पेश्की लिएर बेपत्ता हुने निर्माण व्यवसायीलाई तत्काल उचित कदम चाल्न समेत माग गरिएको छ । जिल्लामा धेरै पटक विकास निर्माणको काममा विलम्ब नगर्न आग्रह गरेपनि निर्माण व्यवसायीबाट त्यसको कुनै पनि रेस्पाेन्स नहुँदा जाजरकोटको टोल प्रधानमन्त्रीलाई नै ध्यानाकर्षण गराउन काठमाडौँ पुगेको हो । भूकम्पमा परि क्षत ,विच्छेद भएको समयमा सबै खालका कामहरू होल्ड गर्दा जिल्ला पछाडि परेको समेत माग पत्रमा उल्लेख गरिएको छ ।
कोहलपुर देखि सुर्खेत सम्म मात्र निर्माण हुन लागेको १३२ केभी प्रशारण लाइन जाजरकोट सम्म पुर्याउनु पर्ने समेत उनीहरुको माग रहेको छ । डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट लाइ समेत सहयोग पुग्ने भएकाले सो प्रशारण लाइन जाजरकोट सम्म तत्काल जोड्नुपर्ने उनीको भनाई छ । ४०० केभी प्रशारण लाइनको दानी पिपलमा निर्माण हुने भनिएको सवस्टेशनको काम रोखिएको भन्दै तत्काल सो भेरी करिडोरको प्रशारण लाइनलाई निर्माण चरणमा लिन आग्रह गरिएको छ । १५० किलोमिटर लामो प्रशारण लाइनको काम तत्काल थाल्न माग पत्रमा उल्लेख छ ।
माग पत्र बुझाउन उर्जामन्त्री शक्तिबहादुर बस्नेत , पत्रकार प्रभात चलाउने , नलगाडका नगरप्रमुख डम्वर रावत , पूर्वमेयर टेकबहादुर रावल , पूर्व जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल , नेकपा 'माओवादी केन्द्र' का स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल लगाएका नेताहरु बालुवाटार पुगेका थिए । सधै बालुवाटारको वरिपरी रहने तर जिल्लाको विकास निर्माणको कुरालाई ध्यान नदिएको भन्दै जिल्लाका दलका नेतृत्वको आलोचना समेत हुने गरेको छ । हाल जिल्लाबाट उर्जामन्त्री बस्नेत , कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह , प्रदेशसभा सदस्य राजीवविक्रम शाह , राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा , केही दिन अघि सम्म प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्य रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो
जेठ १५, २०८१ मंगलबार
मुगुको डोल्फु गाउँँमा हतियारधारी समूहद्वारा २३ घरमा लुटपाट
जेठ १४, २०८१ सोमबार
कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित
जेठ १३, २०८१ आइतबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार