बामगतीका सभामुखले बोलाए सर्वदलीय बैठक
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार ११:१२:३७
१३ फागुन, काठमाडौं । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आज सर्वदलीय बैठक बस्दैछ । फागुन १५ गतेबाट सुरु हुने बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आज २ बजे प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाइएको हो ।
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार २ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् । उनले सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयन, प्रदेश सरकार र विपक्षी दलबीच भएको सहमति र आगामी प्रदेशसभामाको कार्यसूचि तथा सदनलाई नियमित विजनेस दिने विषयमा छलफलका विषय राखेका छन् ।
सभामुख पाठकले लामो समयदेखि बागमती प्रदेशसभा अन्तर्गतका समितिको सभापति चयन, प्रदेश सरकार र विपक्षी दलबीच बजेटका सम्बन्धमा भएको सहमति कार्यान्वयन र प्रदेशसभा बैठक लगायतका विषयमा विवाद कायम रहेकै अवस्थामा सर्वदलीय बैठक ठाक्नु परेको बताएका छन् । सर्वदलीय बैठकमा दलहरुबीच सहमती हुन नसके आगामी फागुन १५ गते आह्वान भएको बैठकमा समस्या उत्पन्न हुनेछ ।
संसदमा प्रयाप्त विजनेश नरहेको र नयाँ विधेयक पनि दर्ता नभएको अवस्थामा सदनको व्यवस्थापन, कार्यसूचि र मापदण्डहरु निर्माण गरी सबै दलहरुको सहमती जुटाएर अघि बढ्ने तयारी गरेको सभामुख पाठकले बताए ।
‘संसदमा जम्मा ४ वटा विधेयक छन् । त्यसमा पनि ३ वटा संसदीय समितिमा विचाराधिन अवस्थामा छन् भने एउटा सचिवालयमा दर्ता भएको छ । सर्वदलीय बैठकमा सहमती नबनेको खण्डमा ती विधेयकहरु अघि बढ्न सक्दैनन् र नियमित बैठक बस्ने अवस्था नबन सक्छ । विगत साढे ४ महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन भने संसद नबस्दा संसदीय समितिहरुको नेतृत्व चयन, कानुन निर्माण लगायतका विषयहरु अघि बढ्न सकेको छैनन् ।
गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । २२ माघमा संसद्को वर्षे अधिवेशन अन्त्य गरिएको ४ महिना पुरा हुँदा पनि सरकारले हिउँदे अधिवेशन आह्वान गर्न सकेको थिएन । प्रदेश प्रमुख यादव चन्द्र शर्माले फागुन १५ गते ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार