व्यवसायी बन्दै लैङ्गिक अल्पसङ्ख्यक
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १४:३८:२४
१४ फागुन, झापा । आर्थिक आत्मनिर्भरताका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले स्वरोजगारमूलक व्यवसाय सुरु गरेका छन् ।
कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा उनीहरुले होटल, फास्टफुड कर्नर र सैलुन सेन्टर सञ्चालनमा ल्याइरहेका लिड नेपालकी संयोजक लुना लिम्बू (चञ्चला)ले बताइन् । लिड नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकअधिकारका क्षेत्रमा काम गर्ने संस्था भएकाले उनीहरुलाई स्वरोजगार बनाउने अभियानमा लागेको उनको भनाइ छ ।
झापाको दमकमा नमुना युनिसेक्स (महिला र पुरुष दुवैका लागि सैलुनको सुविधा भएको) सैलुन एन्ड ट्रेनिङ एकाडेमी सञ्चालन भइरहेको छ । “सैलुनबाट १८ जना लैङ्गिक अल्पसङ्ख्यक साथीले तालिम लिइसक्नुभएको छ”, उनले भनिन्, “यो सैलुन समुदायका साथीले सञ्चालन गरेका हुन् । तालिम लिन समुदाय बाहिरका पनि आउनुहुन्छ ।” उनका अनुसार सैलुनमा पाँच जना प्रशिक्षकले नियमित तालिम दिइरहेका छन् ।
मोरङको विराटनगरमा मिलीजुली एण्ड सप्तरङ्गी खाजाघर र सुनसरीको इटहरीमा रेम्बो फास्टफुड कर्नर सञ्चालनमा ल्याइएको छ । पूर्वका थुप्रै सहर बजारमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले पसललगायत स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरिरहेका छन् ।
झापामा पहिचान लुकाएकासमेत गरी २२ हजार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय रहेको लिड नेपालको दाबी छ । उनीहरुलाई आत्मनिर्भर बनाउन सीप सिकाउने र रोजगारी सिर्जना गर्ने संस्थाको उद्देश्य रहेको लिम्बूले बताइन् ।
समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति हेर्ने नजर र उनीहरुप्रतिको व्यवहार अपमानजनक रहेकाले समुदायका अधिकांश व्यक्ति पहिचान लुकाएर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनीहरुलाई रोजगारीको अवसर नदिइने भएकाले आफै व्यवसाय स्थापनामा लाग्नुपरेको लिम्बूले बताइन् ।
लिड नेपालले स्थानीय पालिका र दातृ संस्थासँग मिलेर उनीहरुलाई व्यावसायिक सीप सिकाउने अभियान सञ्चालन गरिरहेको छ । दमक ५ स्थित बेलडाँगी रोडमा सैलुन सञ्चालन गर्न दमक नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ ।
“सैलुनको शाखा जिल्लाका विभिन्न सहर तथा बजारमा विस्तार गर्ने योजना छ”, लिड नेपालकी संयोजक लिम्बूले भने, “पहिला दक्ष जनशक्ति उत्पादन गर्छौं र शाखा विस्तार गरी सबै पालिकामा रहेका हाम्रो समुदायलाई रोजगारीमा पहुँच पु¥याउँछौँ ।” उनले सैलुनमा लैङ्गिक अल्पसङ्ख्यक समुदायले नै रोजगारी पाइरहेको बताइन् ।
स्थानीय पालिका र प्रदेश सरकारको सहयोगमा कोशीका विभिन्न जिल्लामा होटल, रेस्टुरेन्ट, कफीसप, बेकरीलगायतका व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको लिड नेपालले जनाएको छ । समाजमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यक शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोला किनारमा मत्ता हात्ती मृत भेटियो
असार १३, २०८१ बिहिबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
एसईईको रिजल्ट हेर्न मिल्ने १० वटा वेबसाइट खुल्नै गाह्रो
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार