संसद भवन परिसरभित्र प्रवेश गरेपछि लघुवित्त पीडितहरूलाई प्रहरीले लियो नियन्त्रणमा
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १४:५९:४५
१४ फागुन, काठमाडौं । सरकारलाई झकझक्याउन काठमाडौं आएका लघुवित्त पीडितहरू काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन् । सोमबार दिउँसो उनीहरू संसद भवन परिसरभित्र प्रवेश गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ । हामीलाई वार्तामा भित्रबाट बोलाएको भन्दै दुई/तीन जना छिरेपछि पछि अरु पनि छिरेका थिए ।
जबरजस्ती प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन ।
लघुवित्त पीडितहरूले संसद परिसरमा छिरेर नाराबाजी गरेका थिए । उनीहरूलाई मर्यादापालकहरूले घेरेका भित्र जानबाट रोकेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू संघीय संसद भवन परिसरमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने जस्ता माग राखेर प्रदर्शन गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार