गभर्नरले बैंक डुब्न दिन्न भनेको भोलिपल्टै प्रभु बैंकमा यो काण्ड ! के सुरक्षित होला सर्वसाधारणको बचत ?
प्रभु बैंकमा निक्षेप निकाल्नेहरूको भीड, निक्षेपकर्ताहरु अत्तालिए !
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १२:९:२१
१५ फागुन काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले कुनै पनि बैंकलाई डुब्न नदिने भन्दै आश्वासन दिएको भोलिपल्टै प्रभु बैंकको कर्तुत सार्वजनिक भएको छ । गभर्नर अधिकारीले प्रभु बैंकलाई लक्षित गरेर भने भनेका थिएनन् । उनले समग्र बैंकहरु अहिले डुब्ने अवस्थामा नरहेको बताएका थिए । खराब बाटोमा लागेका बैंकहरुलाई काबुमा राखिने उनको भनाइ थियो ।
उसो त राष्ट्र बैंकले यसअघि पनि प्रभु बैंकलाई विभिन्न कारवाही गर्दै सचेत भने नगराएको थिएन । वित्तीय नीति नियम उल्लंघन गरेको अभियोगमा राष्ट्र बैंकबाट पटक पटक कारवाहीमा परेको बैंक हो, प्रभु बैंक । अहिले एक्कासि सवा दुई अर्बभन्दा बढी कारोबार बिगारेको भनेर वरिष्ठ डीपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना कर्मचारीलाई सीआईबीले समातेको छ ।
सीआईबीकै भनाइमा अरु कर्मचारी र पूर्वसञ्चालकहरु यो प्रकरणमा संलग्न देखिएका छन र उनीहरुलाई पक्राउ गर्न खोजी भइरहेको छ । यो सवा दुई अर्ब सेञ्चुरी बैंकबाट मर्ज हुँदा सकारिएको कर्जाको विषय हो । यी दुई बैंक एक आपसमा मर्ज हुनुभन्दा अगाडि पनि प्रभु बैंकको वित्तीय अवस्था राम्रो थिएन । कार्यकारी प्रमुख र सञ्चालक अध्यक्ष मिलेर कयौं रकम हिनामिना गर्दै ढाकछोप गरेको विषय बाहिरिएको थियो । यस विषयमा पनि राष्ट्र बैंकले पटक पटक कारबाही र सचेत गराउँदै आएको थियो ।
यही प्रकरणमा शिक्षा व्यापारी उमेश श्रेष्ठका भाई राजेश श्रेष्ठ लगायत तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक समितिका सदस्यहरूलाई पनि प्रहरीले निशाना बनाएको छ । राष्ट्र बैंकले पनि प्रभु बैंकले गरेका अन्य वित्तीय कमीकमजोरीहरु खोज्ने काम सुरु गरेको जनाएको छ । गलत नियतले ऋण प्रवाह गरेका कारण प्रभु बैंकले सर्वसाधारणको करोडौं रकमलाई जोखिममा पारेको छ । सीआईबीले वरिष्ठ कार्यकारी प्रमुख न्यौपानेसहित ११ जनालाई समाएपछि यो बैंकमा निक्षेप जम्मा गर्ने निक्षेपकर्ताहरु अत्तालिएका छन् ।
मंगलबार मात्रै प्रभु बैंकबाट निक्षेप निकाल्नेहरूको भीड देखिएको छ । बैंकप्रति निक्षेपकर्ता त्रसित भएका छन् । यही हिसाबले पैसा जम्मा गरेकाहरूले प्रभु बैंकबाट पैसा निकाल्ने हो भने दुई दिनमै बैंकको अवस्था नाजुक बन्ने देखिएको छ । सीआईबीले अनुसन्धान गरेको केस भनेको बचतकर्ता र बैंकको ७ अर्ब डुबाएका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीलाई कमसल धितोमा ऋण दिएको प्रकरणमा मात्रै हो । अरु विषयमा त प्रहरी पनि भर्खर प्रवेश गर्दैछ ।
सीआईबीले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका न्यौपाने तथा तुलसीराम गौतमसहित ११ जना कर्मचारीलाई मंगलवार पक्राउ गरी अनुसन्धान थालेको छ । सीआईबीका एक अधिकारीले नेपालबहसलाई दिएको जानकारी अनुसार सहकारीका सञ्चालक चौलागाईं तथा उनको आफन्तको नाममा रहेका विभिन्न कम्पनीलाई अत्यन्तै कमसल धितो राखेर गौतम तथा न्यौपानेले दुई अर्ब २५ करोड रुपैयाँ ऋण दिएको पाइएको छ ।
जसमा सेञ्चुरी बैंकबाट जम्मा ८० करोड रुपैयाँ बराबरको धितो राखेर सवा २ अर्बको कर्जा लिएको प्रारम्भिक छानबिनमा देखिएको छ । बचतकर्ता र बैंकको गरी ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा देउरालीका सञ्चालक चौलागाईंलाई प्रहरीले १८ असोजमा पक्राउ गरेको थियो । देउराली सहकारीमार्फत ठगी भएको विषयमा अनुसन्धान गर्दै जाँदा कमसल धितो राखेर ऋण लिएको भेटिएको हो ।
देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंका कम्पनीमा कमसल धितोमा कर्जा प्रवाह भएको विषयमा नै बैंकका दुई पूर्वसीईओलाई प्रहरीले पक्राउ गरेको हो । हाल प्रभु बैंकको नाममा चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीमा गएको २ अर्ब २५ करोड रुपैयाँ ऋणको पोर्टफोलियो छ । साविकको सेञ्चुरी कमर्सियल बैंकले गरेको कर्जा प्रवाह बैंक मर्जर भएर आएपछि प्रभुमा सरेको हो ।
त्यो ऋण पूजा मार्केटिङ प्रा.लि., पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्री श्री ब्रदर्स मार्केटिङ प्रा.लि., अन्नपूर्ण डिस्टिलरी प्रा.लि. र उनी स्वयंको नाममा लिएका छन् । चौलागाईं र उनका कम्पनीले ऋण चुक्ता नगरेपछि राष्ट्र बैंकको दवावमा धितो लिलामीका लागि प्रभु बैंकले सूचना निकालेको थियो । तर ऋण अनुसार सम्पत्ति भेटिएन ।
रवीन्द्रले आरआर समूह अफ कम्पनी, श्री पूजा पोल्ट्री फार्म प्रालि, देउराली प्रोपर्टिज प्रालि, मून भेन्चर इन्भेष्टमेन्ट प्रालि, आरआर रिसर्च एन्ड डेभलपमेन्ट प्रालि, पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्रीश्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि नामका कम्पनी खोलेका थिए । यसमध्ये कतिपय ऋण लिने प्रयोजनका लागि मात्र भएको सीआईबीको भनाइ छ ।
तत्कालीन सेञ्चुरी बैंक हालको प्रभु बैंकमा गाभिएको हो । साविकको बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने गाभिएपछि भने प्रभु बैंकको वरिष्ठ डेपुटी सीईओ बनेका थिए । यो दुई अर्बको कुरा बाहिर आएपछि अरु कर्तुतको पनि खोजी सुरु भएको सीआईबीले जनाएको छ । राष्ट्र बैंकले पनि यो बैंकमा रकम जम्मा गरेका निक्षेपकर्ताहरु कुन रुपमा पैसा निकाल्छ भन्ने कुरालाई हेरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार