म्याराथनमा ४८ महिलासहित ८९ चेपाङले भाग लिँदै
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १४:१७:२३
१६ फागुन, चितवन । नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।
रोटरी क्लब अफ रत्ननगरले यही फागुन १९ गते आयोजना गरेकोे ‘रोटरी मिनी म्याराथुन’ मा उनीहरु सहभागी हुन लागेका हुन् । प्रतियोगितामा अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदायबाट ४८ जना महिला र ४१ पुरुष गरी ८९ जना सहभागी हुने भएका आयोजकले जनाए । प्रतियोगितामा लामो दूरी पार गर्ने चेपाङ समुदायलाई नगद रु दुई हजार र छोटो दूरीका चेपाङ महिलालाई रु एक हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
म्याराथन कार्यक्रमका संयोजक बिपिन पोख्रेलका अनुसार खुल्लातर्फको १५ दशमलव चार किलोमिटर र महिला लक्षित पाँच किलोमिटर दूरीको दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा दुवै समूहतर्फ गरी छ सय दुईजनाले सहभागिताका लागि नाम दर्ता गराएको पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको पनि सहभागिता रहने छ ।
उनले भने, “जर्मनी र केन्याका दुई/दुईजना धावकले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।” नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सीमान्तकृत समुदायका धावकहरुको पनि सो दौडमा सहभागिता रहने छ ।
क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार १५ दशमलव चार किलोमिटरको दौड नारायणगढको उद्योग वाणिज्य सङ्घको कार्यालय नजिकबाट सुरु हुने छ भने पाँच किलोमिटरको दौड टिकौली जङ्गलको मध्यभागबाट सुरु गरिने छ । दुवै दौड रत्ननगरको हरिहर मार्गमा सम्पन्न हुनेछ । भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै रोटरीको जनविश्वास बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । भरतपुर भ्रमण वर्ष र समग्र चितवनको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । क्लबले आयोजना गरेको यो दोस्रो मिनी म्याराथन हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोकनाको इतिहास बचाउन परम्परागत तेल मिल सञ्चालनमा आउँदै
जेठ १७, २०८१ बिहिबार
६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
जेठ १५, २०८१ मंगलबार
भैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
जेठ १७, २०८१ बिहिबार