एक्स्पोको नाममा ठगी: ठेकेदार ओलीसँग ७० लाखको लेनदेनको कागज बाहिरिए पछि बबाल
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १२:२४:२७
१७ फागुन, दाङ । घोराहीको झीगौरामा दाङ चेम्बर अफ कमर्सले लगाएको दाङ एक्स्पो २०८० मा चेम्बरको कार्य समितिसँग एउटा लेनदेनको कागज बनाएर ठेकेदारसँग अर्को गोप्य कागज गरेकाे सार्वजनिक भएको छ ।
चेम्बर अफ कमर्सले माघ २३ गतेदेखि फागुन ८ गतेसम्म १५ दिन लामो एक्स्पोको नाममा मेला लगाएको थियो । एक्स्पोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवर्द्धनका लागि दिइएको थियो । ५० वटा घरेलु उद्योगमा केही छुट दिए पनि न्यूनतम् २६ हजारदेखि अधिकतम ४५ हजारसम्म भाडा तिरेर व्यापारीहरूले एक्स्पोमा स्टल राखेका थिए ।
मेला सकिएपछि धेरैले पैसा नपाएको गुनासो गरेका छन् । एक्स्पो ठेक्कामा दिएकाले ठेकेदार भागेपछि करीब २८ जना सेक्युरिटीले आफूले काम गरेको पैसा नपाएको बताए । चेम्बरको जिल्ला कार्य समितिसँग एक्स्पोका ठेकेदार सुर्खेत निवासी भरत ओलीले १८ लाख दिने कागज गरे पनि चेम्बरका जिल्ला अध्यक्ष विकास अग्रवालसँग ७० लाख दिने कागजी लेनदेन गरेको बाहिर आएको हो ।
एक्स्पोमा वाल उद्यान, जुवाजन्य विभिन्न खेलमा पनि चेम्बरका अध्यक्ष अग्रवालले नै आफ्ना निकटलाई ठेक्का दिएर कमिसन लिएको आरोप लागेको छ । अग्रवालले आफू प्रथम पक्ष भई छुट्टै गोप्य ७० लाखको सम्झौता गरेको कुरा बाहिर आएपछि सिंगो चेम्बरको जिल्ला कार्य समितिमा खैलाबैला मच्चिएको छ । आयोजक चेम्बर भएपनि यसको ठेक्का एमएमडिकेएल इभेन्ट एन्ड बहुउद्देश्यीय प्रालिले लिएको थियो ।
अग्रवालले रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८ का मनु बुढा मगरसमेतको रोहबरमा ठेक्कामा दिएको रकम भन्दा बढिको लेनदेनको कागज गरेका छन् । भरत ओलीसहित दोस्रो पक्षले लेनदेनमा भएको रकम उपलब्ध गराउने र त्योवापत चेम्बरले स्थानीय प्रहरी प्रशासन, राजश्व, कर, खाजा सबै बेहोर्ने लिखित कागज गरेको खुलेको छ । यता, चेम्बरका जिल्ला अध्यक्ष अग्रवालले नक्कली कागज देखाएर आफूलाई बदनाम गर्ने काम भइरहेको बताए । उनले लेनदेनको कागज सबै कार्य समितिको बैठकबाट पास गरिएको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा दश महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता
जेठ १६, २०८१ बुधबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते
जेठ १७, २०८१ बिहिबार
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १७, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १७, २०८१ बिहिबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार