देउवाले उपसभापति र महामन्त्रीलाई बोलाए बुढानिलकण्ठ
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १४:३:४५
१७ फागुन, काठमाडौं । पार्टीको केन्द्रीय समितिको बैठक र राष्ट्रिय सभा अध्यक्षका विषयमा छलफल गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । संस्थापन पक्षका एक नेताले दिएको जानकारी अनुसार महासमितिले पारित गरेका विषयमा थप छलफल गर्न खोजिएको छ ।
देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने गरी उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि उनले बोलाएका हुन् । बैठक बिहीबार दिउँसो ३ बजेका लागि डाकिएको ती नेताले जानकारी दिए ।
सभापति देउवाले राष्ट्रिय सभा अध्यक्ष, केन्द्रीय समितिको बैठक आव्हान लगायतमा छलफल गर्न नेताहरूलाई बोलाइएका हुन् । सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्षमा बनाउन खोजिरहेका बेला सत्ता घटक माओवादी केन्द्रले आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसका नेताहरूले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी प्रयास गरेका थिए । फागुन ७ देखि १० फागनुसम्म बसेको महासमिति बैठकले प्रतिवेदनहरू केन्द्रीय समितिबाट परिमार्जनसहित पारित हुने निर्णय गरेको थियो । यसबारे अगाडि नै छलफल गरेर केन्द्रीय समितिबाट निर्णय गराउने तयारीमा सभापति देउवा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार