उपहारको 'कहिले बार बिर्सिन्छ' सार्वजनिक
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १५:३८:८
१७ फागुन, काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ ।
गीतको भिडियोमा अभिनेत्री रेखा थापालाई धेरै समयपछि ग्ल्यामर अवतारमा दर्शकले हेर्न पाउँछन् । गीतमा उनको जोडीका रुपमा मुकुन भुसाल छन् । गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई देख्न सकिन्छ ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
सैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार
विश्वकप वार्म-अप खेल : क्यानडासँग नेपाल पराजित
जेठ १५, २०८१ मंगलबार