स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफा घट्यो, आम्दानीको स्रोतमै कमी, खराब कर्जा दोब्बर
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार ७:०:२५
१८ फागुन, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार विभिन्न प्रमुख वित्तीय सूचकमा भारी मात्रामा गिरावट आएको छ । बैंकको प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी, संचालन मुनाफा, खुद मुनाफादेखि वितरण योग्य मुनाफासम्म गिरावट आएको हो ।
त्यस्तै बैंकको खराब कर्जा दोब्बर भन्दा धेरैले वृद्धि भएको छ । गत आर्थिक वर्षमा शून्य दशमलव ७२ प्रतिशत रहेको खराब कर्जा अहिले १ दशमलव ६० प्रतिशत पुगेको छ । बैंकको पोर्टफोलियो पनि घटेको छ । असार मसान्त र अहिलेलाई दाँजेर हेर्दा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । बैंकको संचित मुनाफा पनि ५८ प्रतिशतले घटेको छ ।
बैंक संचालक समितिको अध्यक्षमा जरिन दारुवाला रहेकी छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा रिनो सान्तोदियोनो दोनो सेपुत्रो, अविनाश अग्रवाल, सिद्धान्तराज पाण्डेय र अनिर्वाण घोष दस्तिदार रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ अनिर्वाण घोष दस्तिदारदेखि डेपुटी सीईओमा गोरख शमशेर राणा रहेका छन् । त्यस्तै बैंकका अन्य विभागीय प्रमुखहरुमा सुधीर शर्मा, माइकल सिद्दी, राजन उदास, मो. यासिर अपराफिन, सञ्जय पन्त, सुजित श्रेष्ठ, गोपीकृष्ण भण्डारी र सर्वेन्द्र मिश्र रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले १ अर्ब ७२ करोड बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले १ अर्ब ७५ करोड बराबर खुद मुनाफा आर्जन गरेको थियो । यसरी खुद मुनाफामा १ दशमलव ५५ प्रतिशतको गिरावट भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब ८४ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६३ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ७ दशमलव ५४ प्रतिशतको गिरावट भएको छ । त्यस्तै, संचालन मुनाफा १ दशमलव ५० प्रतिशतले गिरावट हुँदै २ अर्ब ४७ करोड पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब ५१ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६२ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी ३७ रुपैयाँ १९ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानीमा १ दशमलव ५३ प्रतिशतले गिरावट भएको छ ।
वितरण योग्य मुनाफा :
कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब १३ करोड रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा १ अर्ब ६४ करोड थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ३१ दशमलव शून्य ६ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा २३ रुपैयाँ ९४ पैसा रहेको छ । गत आर्थिक वर्ष प्रतिशेयर वितरण योग्य मुनाफा २८ रुपैयाँ शून्य २ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ खर्ब १५ अर्ब निक्षेप संकलन गरी ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलनमा १ दशमलव ५३ प्रतिशतले गिरावट भएको छ भने कर्जा प्रवाहमा पनि शून्य दशमलव २४ प्रतिशतले गिरावट भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १० दशमलव २६ प्रतिशतले बढेर ८ अर्ब ८२ करोड पुगेको छ भने संचित मुनाफा ५८ दशमलव २५ प्रतिशतले घटेर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
किताबी मूल्य :
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) २०५ रुपैयाँ ५८ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा १ दशमलव ६० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा शून्य दशमलव ७२ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही घट्दै ७ दशमलव ५६ प्रतिशत पुगेको छ । स्प्रेडदर ४ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ३ दशमलव ९३ प्रतिशत थियो ।
ठूला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा स्टयाण्डर्ड चार्टर्ड ग्रिण्डलेज रहेको छ । बैंकमा ग्रिण्डलेजको ४६ दशमलव ८१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १९ प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार
ताप्लेजुङमा बाढी पहिरोले दर्जनौँ परिवार विस्थापित
असार २, २०८१ आइतबार
पार्टीको ह्वीप नमानेको भन्दै सांसद गुरुङलाई एमालेले सोध्यो स्पष्टीकरण
असार २, २०८१ आइतबार
टी-२० विश्वकप : नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै
असार २, २०८१ आइतबार