गठबन्धन फुट्ने आस नगर्नु, दायाँबायाँ हुँदैनः देउवा
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार १२:४२:०
१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दललाई सत्ता गठबन्धन फुट्छ र अवसर पाउँला भनेर आसा नगर्न आग्रह गरेका छन् । राष्ट्रिय सभा अध्यक्ष त यो भन्दा जटिल विषय आएपनि सत्ता गठबन्धन दायाँबायाँ नहुने बताएका छन् ।
भरतपुर भ्रमण वर्षमा सहभागी हुन शुक्रवार चितवन पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले राष्ट्रियसभा अध्यक्ष पदको विषयलाई लिएर गठबन्धनमा कुनै दवाव नपर्ने बताए । फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दिने बताइरहेका बेला देउवाले गठबन्धन फुट्छ भनेर आस नगर्न भनेका हुन् ।
अहिले सत्ता गठबन्धन फेरबदल हुने आशका भइरहेका बेला देउवाले गठबन्धनमा त्यसले कुनै फरक नपार्ने प्रस्टीकरण दिएका छन् । भरतपुर विमानस्थलमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सञ्चारकर्मीले गठबन्धनबारे गरेको प्रश्नमा देउवाले भने, ‘गठबन्धन केही पनि हुँदैन । कति भन्नु भनिसकेँ त मैले ?’
सभापति देउवाले गठबन्धन निरन्तर जाने र त्यसमा ढुक्क हुन आग्रह गरे । उनले कसैले गठबन्धन फुट्ला र त्यसको लाभ लिउँला भनेर बसेको भए त्यो मिथ्या हुने बताए । ‘गठबन्धन निरन्तर जान्छ । फट्ने आस नगर्नू, ढुक्क भए हुन्छ’, देउवाको जवाफ छ । उनले राष्ट्रियसभा अध्यक्षबारे सरसल्लाह भैनसकेको भन्दै छलफल गरेर टुंगो पुग्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार