सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालनको तयारी पूरा
नेपालबहस संवाददाता
फागुन १९, २०८० शनिबार १४:३२:३७
१९ फागुन, इनरुवा 'सुनसरी' । सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालयले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ खोप लगाउने बुथ निर्धारण गरिएको छभने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाइँले जानकारी दिए ।
त्यसैगरी, खोप अभियान सञ्चालनका लागि एक हजार नौ सय ८६ स्वास्थ्यकर्मी र दुई हजार नौ सय ९९ स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने तयारी भएको उनले जानकारी दिए । सुनसरीमा नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख ४९ हजार आठ सय २५ बालबालिकालाई खोप लगाउने तयारी भएको प्रमुख प्रसाइँले बताए ।
खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्तरण, खोपलगायत कार्य भएको उनले बताए । जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विषेशरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गरे।
जिल्ला समन्वय समितिका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासङ्घका कोषाध्यक्ष अजितकुमार झालगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार