हिन्दु, बौद्ध, किराँत एकताको सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ, तीन धर्मका गुरुहरू एकै ठाउँमा
नेपालबहस संवाददाता
फागुन २०, २०८० आइतबार १८:३२:१९
२० फागुन, काठमाडौं । हिन्दु, बौद्ध, किराँत धर्मालम्बीहरु बीच एकता को सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुको उपस्थितिका साथै धामीझाँक्री, कलश यात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको हो ।
हिन्दु धर्मका गुरुहरू खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु साङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामा लगायतको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ । त्यसैगरी किराँत धर्मका गुरुहरु हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत धेरै भक्तजनहरूको उपस्थिति रहेको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । सो कार्यक्रमको सञ्चालन कुवेर गौतम र शान्ता कटुवालले गरेका थिए ।
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ आयोजना गरिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । बुद्ध धर्म सेन्टर साङे छ्योलिङ गुम्बा र किराँत साम्यो माङ्सेवा सावा नेवाला पान्जुम्भो उपत्यका समितिको सहकार्यमा महायज्ञको आयोजना गरिएको छ । सो अवसरमा बौद्ध धर्मका गुरुहरूबाट बाजागाजासहित बुद्धको पूजा गरेर मन्त्र जप गरिएको थियो । विश्वमा शान्तिको अग्रदूत गौतम बुद्ध भएकाले विश्वशान्ति महायज्ञमा आफुहरु पनि संलग्नता हुन पाउँदा खुशी रहेको बौद्धिष्ट गुरु साङ्गे लामा बताउँछन् ।
अहिले धर्म धर्म बीच दुरी बढ्दै गइरहेको बेला यो विश्वशान्ति महायज्ञले धार्मिक एकतालाई अझ मजबुत बनाई एक अर्को धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने महारुद्र परिवार फाउन्डेसनका अध्यक्ष खगेन्द्र पोखरेल बताउँछन् । यो विश्वशान्ति महायज्ञ धार्मिक रुपमा मात्रै नभई राष्ट्रिय र विश्वव्यापी रुपमै आवश्यक र महत्व रहेको उनको भनाई छ । एउटा सपना देखियो तर त्यो सपना पुरा गर्न धेरै तनाव, वाधा व्यवधान तथा कठिनाइ आईपर्ने रहेछ । तर पनि हिम्मत नहारी कार्यक्रमलाई सफल बनाएरै छोड्ने उनी बताउँछन् । कार्यक्रम व्यर्थै आँट गरिएछ जस्तो लागेको थियो तर भगवानको कृपाले सहयोगी हातहरू बढ्दै गएको र कार्यक्रममा धेरै व्यक्तिहरूलाई जोड्न पाउँदा कार्यक्रम सफल हुनेमा आशावादी रहेको उनको भनाई छ ।
कार्यक्रममा वृन्दावनदेखि नारायणदास (बुलेट बाबा) आएका थिए भने राष्ट्र शक्ति नेपालका अध्यक्ष केशर बहादुर विष्ट, शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेत लगायत व्यक्तिहरूको आतिथ्यता रहेको थियो । हामी सबै फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने आजको समयमा यो कार्यक्रमले सबैलाई जोड्ने प्रयास गरेकोले धामीझाँक्री संगठनले पनि साथ दिएको राष्ट्रिय संस्कृति संरक्षण तथा सामाजिक, धार्मिक विकास मातृभूमि धामीझाँक्री संगठन नेपालका अध्यक्ष रामहरि विश्वकर्मा बताउँछन् ।
हिन्दु विधिअनुसार सातै दिन श्रीमद्देवीभागवत कथा पाठ पारायण, दैनिक हवन, प्रात:कालिन पूजा, प्रवचन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन गरिने हिन्दु धर्मका गुरु त्रिलोचन सुवेदी बताउँछन् । विश्वकै ठूलो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमा रहेर हामीले विश्वशान्ति महायज्ञ गर्न पाउनु नै ठूलो कुरा भएको उनको भनाई छ । दैनिक ६८०४ मन्त्रद्वारा सम्पूर्ण देवीहरूलाई हवन कुण्डमा अवत्रित गराउने तान्त्रिक गुरु सुनिल कुमार वैश्यले बताए ।
किराँत विधिअनुसार कार्यक्रमको सुरुवातको दिन किराँत मुन्धुम अनुसार कुसाङ् सेमा अर्थात यो शुन्यता, पञ्ततत्व, प्रकृति, मुन्धुम बेदलाई पुज्दै सेवा पूजा अवधिभर कुनै अनिष्ट नहोस् भनेर माङसँग आराधना गरिएको थियो । गुह्येश्वरी नदिमा साक्मुरा वादेम्म्मा (गालिश्राप बहन्ती) त्यसपछि सुम्निसा युमा हिममाङ र थेबाको पुजा पाठ, कुदाप कुई देवी देउरालीको पुजा गर्दै मुख्य इष्टदेवी युमा, हिममाङ र थेबाको सेवा (येकुदिङ साङ्भे) मा पुजा गरिने किराँत गुरु हरि थक्लिहाङ बताउँछन् । त्यसपछि क्रमश येत नाम्धुङ लाधुङसेमी सेवा गरिने र २५ गतेसम्म बिहान र बेलुका दैनिक २ प्रहर निरन्तर येत नाम्धुङ लाधुङ सेमी, १०८ दिप जलन, लाख बत्ती जलनसहित चरु हवन गरिनेछ र २६ गते बिहान कुयाम सेमा गरि विधिवत महायज्ञ विसर्जन हुनेछ ।
किराँत धर्मको तर्फबाट किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको समिति र पुर्वबाट आमन्त्रित ८ जना बढी किराँत माङसेवासाबाहरुबाट विशेष मुन्धुम वाचन हुनेछ । विश्वशान्ति तथा मानव एकताको शंखघोष गर्ने किराँत धर्मले चराचर सृष्टिजगत, प्रकृतिको रक्षार्थ मुन्धुम अनुसार निरन्तर भक्ति अनुष्ठान गर्ने गरेको छ ।
नेपालबाट युवाहरू दैनिक विदेश पलायन भइरहेको समयमा केही युवाहरूले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफूले साथ दिएको शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) बताउँछन् । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाइराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए । यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उनको भनाई छ ।
धर्म धर्ममा विभेद गराएर शिवको भूमिमा फिरिङ्गीका धर्महरु लादेर हामी माथि विखण्डन गरेर वैदिक सनातन धर्ममाथि प्रहार भइरहेको अवस्थामा यो महायज्ञले विश्वकै निम्ति उदाहरणीय सन्देश दिएको शिव सेना नेपालका चीरण खड्का बताउँछन् । शिवरात्रिको अवसर पारेर फागुन २६ गतेसम्म एक साता कार्यक्रम चल्ने छ ।
तस्वीरमा विश्वशान्ति महायज्ञका झलकहरु:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोकनाको इतिहास बचाउन परम्परागत तेल मिल सञ्चालनमा आउँदै
जेठ १७, २०८१ बिहिबार
६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
जेठ १५, २०८१ मंगलबार
भैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार