भक्तपुरका प्रहरी डीएसपी पाठकमाथि दुर्व्यवहारको आरोप
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १८:३३:४७
२२ फागुन, भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना डीएसपीमाथि दुर्व्यवहारको आरोप लागेको छ । परिसरका डीएसपी एवं सूचना अधिकृत वसन्त पाठकमाथि दुर्व्यवहारको आरोप लागेको हो । पाठकले प्रहरी सेवा लिने क्रममा आफूमाथि दुर्व्यवहार गरेको आरोप एकजना पीडितले लगाएका हुन् ।
उनले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी परिसरका पाठकले आफूलाई लछारपछार गरी कार्यालयबाट बाहिर पठाएको आरोप लगाएका छन् । पुलिस रिपोर्टको बारेमा छलफल गर्न जाँदा आफूलाई परिसरका डीएसपी पाठकले दुर्व्यवहार गरी उनको कोठाबाट मात्रै नभई कार्यालयबाटै निकालेको राष्ट्रिय संचार केन्द्रको कार्यालय गट्ठाघरमा सम्मेलन गर्दै पीडितले सेवा लिन प्रहरीकोमा जाँदा अपमानित हुनु परेकोमा दुःख व्यक्त गरे ।
उनका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरमा आइतबार चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटका कृष्णबहादुर वाइवा आफ्ना छिमेकी विनोद तामाङको पुलिस रिपोर्ट बारेमा कुरा गर्न गएका थिए । उक्त क्रममा केही मिनेट हुन नपाउँदै आफूलाई प्रहरी लगाएर बाहिर निकाल्न भन्दै डीएसपी पाठक चर्को स्वरमा कराएको पत्रकार सम्मेलनमा पीडितले बताए ।
“तैले के गर्न सक्छस् गर” भन्दै “डीएसपी सरले हामी माथि दुर्व्यवहार गर्नुभयो,” वाइवाले भने । तेरो मानिसको भविष्य मैले बिगारेको हो र भन्दै तथानाम बोलेको वाइवाको आरोप छ । नगरकोटमा एकै नाम गरेका धेरै मानिस भएकाले को अपराधमा संलग्न छ ? छैन भन्ने प्रहरीले छुट्याउनु पर्ने उनको भनाई थियो । केही समस्या परेर पुलिस कहाँ जाँदा जनता सुरक्षित हुँदैनन् भने कहाँ जाने ? उनले प्रश्न गरेका छन्
६ वर्ष अगाडिको घटनामा संलग्न आरोपितहरु अदालतको आदेश अनुसार जेल चलान भएको र सोही घटनामा संलग्न व्यक्तिसँग आफ्नो नाम मिल्दा प्रहरीले यो पटक पुलिस रिपोर्ट नदिएको पीडित युवा विनोद तामाङको भनाई छ । विगतमा एकपटक आफू पुलिस रिपोर्ट बनाएर साइप्रस समेत गएर आएको र अब पनि विदेश जाने क्रममा पुलिस रिर्पोट लिन जाँदा यस्तो भएको विनोदको भनाई छ ।
“नाम मात्रै मिलेको भएर मलाई दुःख दिइनु राम्रो होइन,” विनोदले भने । पीडितले सेवाग्राहीमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकृतलाई आवश्यक कारवाही गरी जनताको सेवा पाउने अधिकारबाट बन्चित नगर्न सम्बन्धित पक्षसँग उनीहरुले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोकनाको इतिहास बचाउन परम्परागत तेल मिल सञ्चालनमा आउँदै
जेठ १७, २०८१ बिहिबार
६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
जेठ १५, २०८१ मंगलबार
भैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार
बालिका बलात्कारीलाई आठ वर्ष कैद
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएन : क्यान
जेठ १७, २०८१ बिहिबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार