रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार १४:१३:५५
२३ फागुन, पर्सा । मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
कार्यालयका अनुसार वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको छ । दूधे बालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए ।
रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी परेर दैनिक करिब ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको डा सिंहले बताए । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको र भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
लामखुट्टे नष्ट गर्न स्प्रे अभियान
गर्मीसँगै लामखुट्टेको प्रकोप बढ्न थालेपछि वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नष्ट गर्न स्प्रे अभियान सुरु गर्न लागेको छ । पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा लामखुट्टेको प्रकोप बढेर डेङ्गी, मलेरियालगायतका सङ्क्रमणको जोखिम बढेको भन्दै महानगरपालिकाले लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरुवात गर्न लागेको हो ।
अभियानका क्रममा महानगरपालिकाले विभिन्न स्थानमा जमेका पानी सफा तथा स्प्रे गरिने महानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाले भोलि बिहीबारदेखि महानगरका सबै वडामा स्प्रे गर्न लागेको हो । लामखुट्टेको प्रकोप र त्यसबाट फैलिनसक्ने रोगको सङ्क्रमण नियन्त्रणका लागि अभियान सुरु गर्न लागेको प्रमुख मियाँले बताए ।
लामखुट्टेको लार्भा नष्ट गर्नका लागि बिहानको समयमा तीन चरण पम्प स्प्रे गर्ने तालिका रहेको जनाएको छ । औषधि, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे वीरगञ्ज महानगरकाको ३२ वटै वडामा छर्किने योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक गर्मीले बाँकेमा खोप अभियान प्रभावित
जेठ १७, २०८१ बिहिबार
कोरोना जस्तो अर्को महामारी आउने बेलायती वैज्ञानिकको दावी
जेठ १६, २०८१ बुधबार
काठमाडौं ल्याइएका सिरोहियाको मेडिसिटीमा उपचार
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार