नब्बे प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १३:२७:१८
२४ फागुन, चितवन । नेपालमा रहेका एम्बुलेन्समध्ये ९० प्रतिशतको नवीकरण हुन सकेको छैन । सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ अनुसार स्तरोन्नति हुन नसकेपछि एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् ।
राष्ट्रिय एम्बुलेन्स निर्देशका, २०७८ मा ‘क’ र ‘ख’ वर्ग मात्रैको व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन सकेका छैनन् । यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका,२०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् ।
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल 'ट्रेड युनियन महासङ्घ'का अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका छ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन् । आठ प्रतिशत ख वर्ग र दुई प्रतिशत हाराहारी क वर्गका रहेका उनले जानकारी दिए ।
नयाँ निर्देशिका अनुसार ग वर्गको एम्बुलेन्सलाई बिरामी बोक्ने सवारी 'प्यासेन्ट क्यारिङ भेइकल' का रुपमा मान्यता दिइएको अध्यक्ष लामिछानेले बताए । योसँगै हाल सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका उनले जानकारी दिए ।
सन् २०१० मोडलभन्दा पहिलाका एम्बुलेन्सको स्तरोन्नति नगरी नवीकरण गर्न नपाइने निर्देशिकामा उल्लेख छ । अध्यक्ष लामिछानेले भने, “एम्बुलेन्सको स्तरोन्नतिका लागि ठाउँको अभाव हुँदा कतिपयले रङ मात्रै परिवर्तन गरेर काम गरिरहेका छन् ।” निर्देशिकामा नै परिवर्तन नगरेसम्म समस्या समाधान नहुने उनको भनाइ छ । उनले भने, “नवीकरण नहुँदा बीमामा समेत समस्या भएको छ । दुर्घटना हुँदा झन ठूलो समसया हुने गरेको छ ।”
दुर्घटनाका लागि केही सहजता होस् भनेर बीमा गरिएको भए पनि त्यतीले मात्रै समस्या समाधान नहुने अध्यक्ष लामिछानेको भनाइ छ । निर्देशिका संशोधनका लागि आफूहरुले सङ्घीय स्वास्थ्य मन्त्रालयमा पटकपटक माग राखेको उनले बताए ।
अध्यक्ष लामिछानेले भने, “केही दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयमा १२ बुँदे माग राखेका छौँ ।” स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स चालकको समस्या समाधान गरिदिनुपर्ने भन्दै पटकपटक मन्त्रालय र सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म माग सम्बोधन हुन नसकेको उनले बताए । उनले थपे, “सबै कुरा बुझायो, सरकार परिवर्तन हुन्छ, फेरि सुरुबाट काम गर्नुपर्छ ।”
सरकारले जारी गरेको निर्देशिकाले अस्पताल र रेडक्रसले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने भनेको भन्दै यसलाई समेत परिवर्तन गरिनुपर्ने अध्यक्ष लामिछानेको भनाइ छ । उनले भने, “यो निर्देशिकाले एम्बुलेन्स सञ्चालनमा ‘सिन्डिकेट’ लागू गरेको छ ।” नयाँ आएका एम्बुलेन्सलाई स्तरोन्नति गरेर सञ्चालन गर्नुपर्ने र पुराना एम्बुलेन्सलाई यसै सञ्चालन गर्न दिनुपर्ने उनको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोना जस्तो अर्को महामारी आउने बेलायती वैज्ञानिकको दावी
जेठ १६, २०८१ बुधबार
काठमाडौं ल्याइएका सिरोहियाको मेडिसिटीमा उपचार
जेठ १५, २०८१ मंगलबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
हान्सी फ्लिक बने बार्सिलोनाको प्रशिक्षक
जेठ १७, २०८१ बिहिबार
भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री
जेठ १७, २०८१ बिहिबार
राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध सेवाग्राही
जेठ १७, २०८१ बिहिबार
विद्यार्थीलाई झोला उपहार
जेठ १७, २०८१ बिहिबार
सुर्खेत जीप दुर्घटनाः मृतकको सङ्ख्या ४ पुग्यो
जेठ १७, २०८१ बिहिबार
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार