नयाँ गठबन्धन संविधानसम्मत विकल्पः एमाले
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १४:३८:२१
२४ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नयाँ गठबन्धन संविधानसम्वत विकल्प भएको बताएका छन् । कांग्रेससँगको गठबन्धनमा समस्या देखिएपछि संविधानसम्मत रुपमा अर्को विकल्प खोजिएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा समय लिएर बोल्दै उनले कुनै पनि समस्या देखिएमा संविधानसम्मत विकल्प खोज्नुलाई अन्यथा लिन नहुने बताए । यो गठबन्धनले प्रतिनिधिसभाको कार्यकाल पूरा गरेर देश र जनताका लागि कोशेढुंगा स्थापना गर्ने उपाध्यक्ष पौडेलले बताए ।
‘हिजोको गठबन्धनमा समस्या सिर्जना भयो भने, सहकार्य गरिरहेका दलहरुबीचमा समस्या देखियो भने संविधानसम्मत ढंगले विकल्प खोज्नुपर्छ’, उनले भने, ‘संविधानसम्मत विकल्प खोज्नुलाई सस्तो पदावलीले आरोपित गर्ने भन्दा त्यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’
अहिले नयाँ यात्रा आरम्भ भएको भन्दै उपाध्यक्ष पौडेलले यो यात्रा सहज ढंगले अगाडि बढ्नेमा आशंका नगर्न पनि आग्रह गरे । ‘इतिहास कहिले पनि सेलरोटीजस्तो घुम्दैन, इतिहास स्प्रिङजस्तो हुन्छ, हिजो जे भयो केही समय पछि हामी पनि त्यही गर्छौं भन्ने ठान्नुहुँदैन’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार